YouVersion လိုဂို
ရွာရန္ အိုင္ကြန္

एफिसी 3

3
अरू जातिका लागि पावलका काम
1यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्‍टको काम गर्दा म पावल कैदी भएको छु। 2तिमीहरूकै लागि मैले परमेश्‍वरको अनुग्रहको काम गर्ने भार पाएको छु भन्‍ने कुरा तिमीहरूले साँच्‍चै सुनेका छौ। 3परमेश्‍वरले आफ्‍ना भित्री योजना खोलिदिएर मलाई प्रकट गर्नुभयो। यसै बारेमा मैले तिमीहरूलाई पहिले नै संक्षेपमा लेखिसकेको छु। 4#कलस्सी 1:26,27मैले लेखेको कुरा पढ्यौ भने मैले ख्रीष्‍टका रहस्‍य कति बुझेको रहेछु तिमीहरूलाई थाहा हुनेछ। 5पहिले यो रहस्‍य अरू कुनै मानिसलाई थाहा दिएको थिएन तर अहिले यो रहस्‍य आत्‍माद्वारा आफ्‍ना पवित्र प्रेरित र अगमवक्ताहरूलाई परमेश्‍वरले प्रकट गरिदिनुभएको छ। 6त्‍यो रहस्‍यचाहिँ यही हो, अरू जातिका मानिसले पनि सुसमाचारद्वारा इस्राएलीले जस्‍तै परमेश्‍वरको आशिष्‌हरू पाउन सक्‍छन्। अरू जातिका मानिस पनि एउटै शरीरका अङ्ग हुन् र ख्रीष्‍ट येशूमा परमेश्‍वरले गर्नुभएको प्रतिज्ञाको भागिदार भएका छन्।
7उहाँको विशेष वरदानद्वारा नै सुसमाचारको काम गर्ने सेवक म बनें, यो वरदान उहाँले आफ्‍नो शक्तिको कामबाट नै मलाई दिनुभयो। 8ख्रीष्‍टका पवित्र जनहरूमध्‍ये म सबभन्दा तुच्‍छ भए पनि ख्रीष्‍टको असीम सम्‍पत्ति सुसमाचार अरू जातिका मानिसलाई सुनाउने वरदान परमेश्‍वरले मलाई नै दिनुभयो। 9परमेश्‍वरको रहस्‍यमय योजनाले कसरी काम गर्छ, त्‍यो सबै मानिसलाई बताउने काम मैले पाएको छु। सबै थोक रचना गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ। उहाँले आफ्‍ना गुप्‍त कुराहरू बितेका सारा युगहरूमा लुकाइराख्‍नुभयो। 10वर्तमान कालमा मण्‍डलीद्वारा आकाशका देवी-देवताहरू र शासकहरूले परमेश्‍वरका बहुमुखी ज्ञान थाहा पाऊन् भन्‍ने उद्देश्‍यले ती रहस्‍य प्रकट गरिएका थिएनन्। 11परमेश्‍वरले यी सबै आफ्‍नो अनन्‍त योजनामा गर्नुभएको हो अनि यो हाम्रा प्रभु ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभयो। 12ख्रीष्‍टमा रहेर अनि उहाँमा विश्‍वास राखेर नै हामीले परमेश्‍वरकहाँ आउन साहस र भरोसा पाएका छौं। 13यसैकारण मेरो बिन्‍ती छ, तिमीहरूका लागि मैले भोगेको कष्‍ट देखेर हरेस नखाओ। यो त तिमीहरूकै निम्‍ति लाभदायक कुरो हो।
ख्रीष्‍टको प्रेम
14त्‍यसैकारण म परमेश्‍वर पिताका पाउमा परेर प्रार्थना चढाउँछु। 15स्‍वर्ग र पृथ्‍वीका सबै परिवार पिताकै नाउँमा रहेका छन्। 16उहाँको महान् सम्‍पत्ति र उहाँकै आत्‍माबाट तिमीहरूलाई शक्ति मिलोस् र त्‍यो शक्तिले तिमीहरूलाई भित्री जीवनमा बलियो बनाओस् भनी परमेश्‍वरलाई म प्रार्थना गर्दछु। 17तिमीहरूले विश्‍वास गर अनि ख्रीष्‍टले तिमीहरूको हृदयमा बास गरिरहून् भनी म प्रार्थना गर्छु। तिमीहरूले हाल्‍ने जरा र तिमीहरूको जग प्रेम नै होस् भन्‍ने म प्रार्थना गर्दछु। 18त्‍यसो हुँदा तिमीहरू पनि ख्रीष्‍टका पवित्र जनहरूसँगै ख्रीष्‍टको प्रेमको लम्‍बाइ, चौडाइ, उचाइ र गहिराइ कति छ, पूरासँग बुझ्‍न सक्‍नेछौ। 19सबै ज्ञानबुद्धिले खोज्न नसक्‍ने उहाँको प्रेमलाई तिमीहरूले बुझ अनि परमेश्‍वरको भरिपूर्णता तिमीहरूमा भरिओस्। 20हामीभित्र काम गर्ने शक्तिद्वारा हामीले मागेको र सोचेको भन्दा प्रशस्त मात्रामा दिन सक्‍नुहुने 21उनै परमेश्‍वरलाई मण्‍डली र येशू ख्रीष्‍टमा सबै युग सबै समय र सधैँभरि प्रशंसा होस्। आमेन।

လက္ရွိေရြးခ်ယ္ထားမွု

एफिसी 3: सरल नेपाली

အေရာင္မွတ္ခ်က္

မၽွေဝရန္

ကူးယူ

None

မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ