२ कोरिन्थी 2:14-15
२ कोरिन्थी 2:14-15 सरल नेपाली
परमेश्वरलाई धन्यवाद होस् किनभने उहाँले सधैँ हामीलाई ख्रीष्टसँगै जितको यात्रामा डोर्याउनुहुन्छ। मीठो बास्नाझैँ चारैतिर ख्रीष्टको ज्ञान फैलाउन उहाँले हामीलाई काममा लाउनुहुन्छ किनभने हामी त परमेश्वरमा चढाएका ख्रीष्टको मीठो बास्ना हौं। बाँच्नेहरू र नाश हुनेहरू सबैकहाँ चल्ने बास्ना यही हो।

