२ कोरिन्थी 2
2
1यसकारण तिमीहरूलाई अप्ठ्यारो नहोस् भनेर नै मैले नआउने निधो गरें 2किनभने मैले तिमीहरूको चित्त दुखाएँ भने मलाई कसले आनन्द दिने? केवल ती व्यक्तिहरू, जसलाई मैले चित्त दुखाएको छु, 3त्यसकारणले म आउँदा मलाई आनन्द दिने मानिसहरूबाटै दु:खित हुनुनपरोस् भनी मैले त्यो पत्र लेखें। किनभने, मलाई आनन्द हुँदा तिमीहरूलाई पनि आनन्द हुन्छ भन्ने मेरो पक्का विश्वास छ। 4मैले ठूलो दु:खसाथ मनमा वेदना लिएर आँसु बगाउँदै तिमीहरूलाई त्यो पत्र लेखेको थिएँ। तिमीहरूको चित्त दुखाउन त होइन तर मैले कति माया गरेको छु, थाहा होस् भनेर त्यो लेखें।
गल्ती गर्नेलाई माफी देओ
5कसैले कसैको चित्त दुखायो भने त्यस कामबाट उसले मेरो होइन तर तिमीहरू सबैको चित्त दुखाएको हो, थोरै मात्रामा भए पनि यो कुरो मैले तिमीहरूमाथि कठोर नबन्नलाई नै भनेको हुँ। 6तिमीहरूमध्ये धेरैजसोबाट जुन किसिमको सजाय यस मानिसले पाएको छ, सो प्रसस्तै छ। 7अब उसलाई तिमीहरूले माफ दिएर सान्त्वना दिनुपर्छ। 8उसलाई तिमीहरूले प्रेम गरेको साँच्चै देखाओ भन्ने म बिन्ती गर्दछु। 9मैले भनेको मान्छौ कि मान्दैनौ भनेर जाँच गर्न नै मैले त्यो पत्र लेखेको थिएँ। 10तिमीहरूले माफ दिएकाहरूलाई म पनि माफ दिन्छु। मैले माफ गर्नुपर्ने हो भने मैले माफ गर्दा म ख्रीष्ट येशूको सामुन्ने तिमीहरूकै लागि माफ गर्दछु। 11यसरी शैतानले हामीमाथि मौका छोप्न नपाओस् किनभने हामीलाई त्यसका सबै युक्तिहरू थाहा छ।
त्रोआसमा पावलको चिन्ता
12 #
प्रेरित 20:1
त्रोआसमा म ख्रीष्टको बारेमा सुसमाचार सुनाउन आउँदा प्रभुले नै मलाई उहाँको काम गर्ने मौका दिनुभयो। 13तर त्यहाँ मेरो भाइ तीतसलाई नभेट्दा मलाई ठूलो पीर पर्यो र तिनीहरूबाट बिदा भएर म माकेडोनियातिर गएँ।
ख्रीष्टमा पाइने जित
14परमेश्वरलाई धन्यवाद होस् किनभने उहाँले सधैँ हामीलाई ख्रीष्टसँगै जितको यात्रामा डोर्याउनुहुन्छ। मीठो बास्नाझैँ चारैतिर ख्रीष्टको ज्ञान फैलाउन उहाँले हामीलाई काममा लाउनुहुन्छ 15किनभने हामी त परमेश्वरमा चढाएका ख्रीष्टको मीठो बास्ना हौं। बाँच्नेहरू र नाश हुनेहरू सबैकहाँ चल्ने बास्ना यही हो। 16बाँच्नेहरूका लागि जीवन हो र नाश हुनेहरूका लागि चाहिँ मृत्यु हो। यति ठूलो जिम्मावारी लिन सक्ने को छ? 17परमेश्वरको सुसमाचारलाई सस्ता मालहरूको धन्धा गरेजस्तै चलाउने हामी होइनौं किनभने हामीलाई त परमेश्वरले नै पठाउनुभएको हो र उहाँकै अगि हामी ख्रीष्टका कमारा भई छल नगरी बोल्दछौं।
လက္ရွိေရြးခ်ယ္ထားမွု
२ कोरिन्थी 2: सरल नेपाली
အေရာင္မွတ္ခ်က္
မၽွေဝရန္
ကူးယူ
မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: