२ कोरिन्थी 12
12
पावलले देखेका स्वर्गीय दर्शन
1फाइदा नभए पनि मलाई घमण्ड गर्नुपरेको छ। प्रभुले मलाई देखाउनुभएका र मैले देखेका दर्शन र प्रकाशको बारेमा अब म भन्छु। 2चौध वर्षअघिको कुरो हो, एक जना ख्रीष्टमा विश्वास गर्ने मानिस तेस्रो स्वर्गसम्मै समातेर लगियो। उनलाई म चिन्दछु। यो पक्कै भएको हो वा दर्शन देखेको हो, म जान्दिनँ, परमेश्वर नै जान्नुहुन्छ। 3म फेरि भन्छु, समातेर स्वर्गसम्मै लगिएका ती मानिसलाई म चिन्दछु। तर यो साँच्चै भएको हो वा दर्शनमा भएको हो म जान्दिनँ, परमेश्वर नै जान्नुहुन्छ। 4उनले बयान गर्न नसकिने कुराहरू सुने। मान्छेको मुखले बताउनै नसक्ने कुराहरू त्यहाँ सुनियो। 5म ती मानिसको बारेमा घमण्ड गर्छु। तर मेरो आफ्नै बारेमा चाहिँ आफ्नो कमजोरीमा बाहेक अरू कुरामा घमण्ड नै गर्नेछैनँ। 6मैले घमण्डै गर्न रुचाउँदा पनि म मूर्खचाहिँ छैन किनभने म त सत्य कुरा बोल्दछु। मलाई कसैले गरेको वा भनेको भन्दा ठूलो सम्झिदेओस् भन्ने म चाहन्नँ।
7मैले धेरै अचम्मका थोकहरू देखें भनी घमण्डले फुलिनबाट रोक्न मलाई शरीरमा काँडाले घोच्ने एउटा पीडा दिइयो। यसले शैतानको दूतझैँ भएर चस-चस बिझाई मलाई घमण्ड गर्नबाट रोक्छ। 8मैले प्रभुसँग तीन पटकसम्म यसलाई निको पारिदिनुहोस् भनेर बिन्ती चढाएँ। 9तर उहाँले भन्नुभयो, “तिमीलाई मेरो अनुग्रह भए पुग्छ। मेरो शक्ति कमजोरीमा पूरा हुन्छ।” त्यसो हुँदा ख्रीष्टको शक्ति ममा रहोस् भनेर कमजोर भएकोमा झन् धेरै खुसीले म घमण्ड गर्दछु। 10त्यसैले ख्रीष्टको लागि म कमजोरी हुँदा, हेला गरिंदा, अप्ठ्यारोमा पर्दा, सताइँदा, दु:ख पाउँदा खुसी हुन्छु किनभने जब म कमजोर छु, तब म शक्तिशाली हुन्छु।
कोरिन्थीहरूप्रति पावलको चासो
11तिमीहरूले नै मलाई मपाईं हुन कर लायौ। खासमा त तिमीहरूबाट नै मैले सम्मान पाउनुपर्थ्यो। म केही नभए पनि तिमीहरूले नै मेरो बारेमा केही भनिदिनुपर्नेथियो। ती ठूलाठूला प्रेरितभन्दा त म कम छैनँ। 12पूरा धैर्यसाथ शक्तिशाली र अचम्मका कामहरू गरेर मैले तिमीहरूका माझमा प्रेरित भएको प्रमाण दिएको हुँ। 13के मैले अरू मण्डलीभन्दा तिमीहरूलाई मेरो खर्च ब्यहोर्नुबाहेक कुनै कुरामा अरू मण्डलीभन्दा नराम्रो व्यवहार गरें? हो, मैले खर्च ब्यहोर्न लगाइनँ। यो मेरो गल्ती हो, यसमा माफ गर।
14म फेरि पनि तिमीहरूकहाँ आउन लागेको छु। यो तेस्रो पटक हुनेछ। तर तिमीहरूलाई कुनै खर्चको लागि दु:ख दिन्नँ। तिमीहरूसँग भएको चीज होइन, म तिमीहरूलाई नै चाहन्छु किनभने छोरा-छोरीबाट आमा-बुबाले होइन, आमा-बुबाबाट पो छोरा-छोरीले साँचेर राखेको अंश पाउँछन्। 15तिमीहरूको जीवनको लागि म सब कुरा खुसीले दिनेछु र आफ्नो जीवनसमेत दिनेछु। मैले तिमीहरूलाई धेरै माया गरें भने के तिमीहरू मलाई थोरै माया गर्छौ र? 16हाम्रो खर्च तिमीहरूले ब्यहोर्नुपरेन, यो तिमीहरूलाई नै थाहा छ। हुन त कसैकसैले मलाई चलाकी गर्यौ भन्लान्। 17के मैले पठाएका मानिसहरूद्वारा तिमीहरूबाट कुनै कुरो लिएँ? 18मैले तीतसलाई तिमीहरूकहाँ जानू भनें। उनको साथमा अरू भाइहरूलाई पनि पठाएको थिएँ। तीतसले तिमीहरूबाट कुनै कुरो लिए र? उनले र मैले एउटै ध्येयले एकै चालमा काम गरेनौं र?
19यतिका कुरा हामीले आफ्नो बचाउमा भनेका छौं भन्ने सम्झ्यौ होला। परमेश्वरकै सामुन्ने ख्रीष्टमा भएर हामी भन्छौं। हामीले गरेका सबै कुराहरू तिमीहरूकै फाइदाका लागि हुन्। 20म त्यहाँ आउँदा मैले सोचेको भन्दा तिमीहरू बेग्लै भएका अनि तिमीहरूले सोचेका भन्दा म बेग्लै भएको हुन्छु कि भन्ने डर लागेको छ। तिमीहरूका बीचमा झगडा, डाहा र रिस गर्ने, आफ्नै भलो खोज्ने, गाली गर्ने, अर्काको कुरा गर्ने, अहङ्कार गर्ने, लडाइँ गर्नेहरू छन् भनी मलाई लागेको छ। 21अर्को पटक आउँदा मैले ती अघि नै पाप गर्ने र ती अशुद्ध काम, व्यभिचार गरेर पनि पछितो नगर्ने र पाप गर्नेका लागि शोक गर्नुपर्ला। यसरी परमेश्वरले मलाई तिमीहरूका सामुन्ने होच्याउनुहुन्छ कि भन्ने डर लागेको छ।
လက္ရွိေရြးခ်ယ္ထားမွု
२ कोरिन्थी 12: सरल नेपाली
အေရာင္မွတ္ခ်က္
မၽွေဝရန္
ကူးယူ
မိမိစက္ကိရိယာအားလုံးတြင္ မိမိအေရာင္ခ်ယ္ေသာအရာမ်ားကို သိမ္းဆည္းထားလိုပါသလား။ စာရင္းသြင္းပါ (သို႔) အေကာင့္ဝင္လိုက္ပါ
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: