1
रोमी 6:23
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
पापले आफ्नो कमारालाई दिने ज्यालाचाहिँ मृत्यु हो, तर हाम्रा प्रभु येशू ख्रीष्टमा अजम्मरी जीवन जिउनुचाहिँ सित्तैमा दिइने परमेश्वरको दान हो।
ႏွိုင္းယွဥ္
रोमी 6:23ရွာေဖြေလ့လာလိုက္ပါ။
2
रोमी 6:14
पापले तिमीहरूमाथि राज गर्नेछैन किनभने तिमीहरू व्यवस्थाको अधीनमा होइन तर अनुग्रहको अधीनमा छौ।
रोमी 6:14ရွာေဖြေလ့လာလိုက္ပါ။
3
रोमी 6:4
हामी पनि उहाँसँगै बप्तिस्माद्वारा मरेर गाडियौं। शक्तिशाली परमेश्वर पिताले आफ्नो महिमाद्वारा येशू ख्रीष्टलाई मरेकोबाट बिउँताउनुभयो। त्यसो हुँदा हामी पनि पुरानो जीवन छोडेर नयाँ जीवनमा ख्रीष्टजस्तै जिउनेछौं।
रोमी 6:4ရွာေဖြေလ့လာလိုက္ပါ။
4
रोमी 6:13
कुनै पनि आफ्ना अङ्ग दुष्ट काम गर्न पापलाई नचढाओ। तर मरेर पनि फेरि असल कामको लागि जिउने मानिसहरूजस्तै आफ्नो पूरै जीवन परमेश्वरकहाँ चढाओ र आफ्ना अङ्ग असल काम गर्न उहाँलाई चढाओ।
रोमी 6:13ရွာေဖြေလ့လာလိုက္ပါ။
5
रोमी 6:6
हामीलाई यो थाहा छ, पापले राज्य गरेको जीवन नाश होस् र हामी पापको कैदी भइरहनुनपरोस् भनेर हाम्रो पुरानो जीवन ख्रीष्टसँगै क्रूसमा मारिएको छ
रोमी 6:6ရွာေဖြေလ့လာလိုက္ပါ။
6
रोमी 6:11
त्यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्वरको लागि ख्रीष्ट येशूसँगै बाँचेको सम्झिनुपर्छ।
रोमी 6:11ရွာေဖြေလ့လာလိုက္ပါ။
7
रोमी 6:1-2
त्यसो भए हामीले के भन्ने? के परमेश्वरको अनुग्रह धेरै पाइरहन हामी पाप गरिरहौं त? अहँ, त्यसो गर्नुहुँदैन। पापको लागि त हामी मुर्दा हौं, मुर्दा कसरी अब पाप गरेर जिउन सक्छ?
रोमी 6:1-2ရွာေဖြေလ့လာလိုက္ပါ။
8
रोमी 6:16
जसको कुरा मानेर चाकरी गर्न रुचाउँछौ, उसैको तिमीहरू कमारा हुन्छौ। पापको कमारो भएर त्यसैको आज्ञा मान्छौ भने तिमी मर्नेछौ, तर परमेश्वरको आज्ञापालन गर्छौ भने तिमी उहाँकै सामु ठीक ठहरिन्छौ।
रोमी 6:16ရွာေဖြေလ့လာလိုက္ပါ။
9
रोमी 6:17-18
तिमीहरू पहिले पापका कमारा थियौ तर अहिले तिमीहरू हृदयदेखि नै आफ्ना परमेश्वरले सिकाउनुभएको शिक्षा पालन गर्छौ। यसको निम्ति परमेश्वरलाई धन्यवाद होस्। तिमीहरू पापको कैदबाट छुटेर परमेश्वरको असल काम गर्ने कमारा भएका छौ।
रोमी 6:17-18ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား