1
मर्कूस 16:15
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै मानिसहरूलाई सुसमाचार सुनाओ!
ႏွိုင္းယွဥ္
मर्कूस 16:15ရွာေဖြေလ့လာလိုက္ပါ။
2
मर्कूस 16:17-18
अनि विश्वास गर्नेहरूसँग यस्ता चिन्हहरू पाइनेछन्– उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्नेछन्। उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्दा तिनीहरू निको हुनेछन्।”
मर्कूस 16:17-18ရွာေဖြေလ့လာလိုက္ပါ။
3
मर्कूस 16:16
विश्वास गरेर बप्तिस्मा लिनेहरूले उद्धार पाउनेछन्। तर विश्वास नगर्नेहरूचाहिँ परमेश्वरको सामुन्ने दोषी ठहरिनेछन्।
मर्कूस 16:16ရွာေဖြေလ့လာလိုက္ပါ။
4
मर्कूस 16:20
त्यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्मका कामहरूद्वारा सत्य ठहराइदिनुभयो।
मर्कूस 16:20ရွာေဖြေလ့လာလိုက္ပါ။
5
मर्कूस 16:6
तर ती जवान मानिसले तिनीहरूलाई भने, “नडराओ, तिमीहरू क्रूसमा मारिनुभएको नासरतका येशूलाई खोजिरहेका छौ। तर हेर, येशू यहाँ हुनुहुन्न, उहाँ त बिउँतिएर गइसक्नुभयो! तिनीहरूले उहाँलाई राखेको ठाउँ यही हो, हेर त!
मर्कूस 16:6ရွာေဖြေလ့လာလိုက္ပါ။
6
मर्कूस 16:4-5
तर चिहानमा पुग्दा त त्यत्रो ठूलो ढुङ्गालाई पनि अघिबाट नै हटाइसकेको रहेछ। तिनीहरूले चिहानभित्र पसेर हेर्दा त्यहाँ एक जना सेतो लुगा लगाएको जवान मानिस चिहानको दाहिनेपट्टि बसिरहेको थिए। यो देखेर तिनीहरू तर्सिए।
मर्कूस 16:4-5ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား