1
मत्ती 6:33
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
पहिले परमेश्वरको राज्यको खोजी गर र उहाँका आज्ञाहरू पालन गर अनि उहाँले यी सबै कुरा तिमीहरूलाई थपिदिनुहुनेछ।
ႏွိုင္းယွဥ္
मत्ती 6:33ရွာေဖြေလ့လာလိုက္ပါ။
2
मत्ती 6:34
भोलिको चिन्ता नगर। भोलिको समस्या भोलि नै सुल्झिन्छ। आजलाई आजकै दु:ख पुग्दो छ।”
मत्ती 6:34ရွာေဖြေလ့လာလိုက္ပါ။
3
मत्ती 6:25
“त्यसैकारण म तिमीहरूलाई भन्छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र?
मत्ती 6:25ရွာေဖြေလ့လာလိုက္ပါ။
4
मत्ती 6:6
तिमीचाहिँ प्रार्थना गर्ने बेलामा कोठाभित्र पसी ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा परमेश्वर पितासँग प्रार्थना गर अनि गुप्तमा गरेको काम देख्नुहुने पिताले तिमीलाई इनाम दिनुहुनेछ।
मत्ती 6:6ရွာေဖြေလ့လာလိုက္ပါ။
5
मत्ती 6:9-10
तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर– “हे स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्। तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्।
मत्ती 6:9-10ရွာေဖြေလ့လာလိုက္ပါ။
6
मत्ती 6:11
दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्
मत्ती 6:11ရွာေဖြေလ့လာလိုက္ပါ။
7
मत्ती 6:12
हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं।
मत्ती 6:12ရွာေဖြေလ့လာလိုက္ပါ။
8
मत्ती 6:13
हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्टबाट जोगाउनुहोस्। [किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]
मत्ती 6:13ရွာေဖြေလ့လာလိုက္ပါ။
9
मत्ती 6:14
“तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्यौ भने स्वर्गमा हुनुहुने तिम्रा परमेश्वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ।
मत्ती 6:14ရွာေဖြေလ့လာလိုက္ပါ။
10
मत्ती 6:26
आकाशमा उड्ने चराहरूलाई हेर, खै तिनीहरू खेती गर्दैनन्, बाली काट्ने, थन्क्याउने पनि गर्दैनन्। तैपनि स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। ती चरा-चुरुङ्गीहरूभन्दा त तिमीहरू धेरै नै मूल्यवान् छौ, होइन र?
मत्ती 6:26ရွာေဖြေလ့လာလိုက္ပါ။
11
मत्ती 6:19-21
“आफ्नो लागि पृथ्वीमा धन-सम्पत्ति नथुपार। यहाँ थुपारेको सम्पत्तिमा त किरा लाग्छ, खियाले खान्छ र चोरले चोर्छ। आफ्नो लागि स्वर्गमा नै धन-सम्पत्ति जम्मा गर। त्यहाँ न किरा लाग्छ न खियाले खान्छ न ता चोरले नै चोर्छ किनभने जहाँ तिमीहरूको धन हुन्छ, त्यहीँ नै तिमीहरूको मन पनि रहनेछ।
मत्ती 6:19-21ရွာေဖြေလ့လာလိုက္ပါ။
12
मत्ती 6:24
“कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।
मत्ती 6:24ရွာေဖြေလ့လာလိုက္ပါ။
13
मत्ती 6:30
आज मौलाउने, अनि भोलि नै ओइलाएर आगोमा फालिने झारलाई पनि परमेश्वरले यसरी सिंगार्नुहुन्छ भने के झन् उहाँले तिमीहरूलाई लगाउने लुगा दिनुहुन्न र? खै त तिमीहरूको विश्वास?
मत्ती 6:30ရွာေဖြေလ့လာလိုက္ပါ။
14
मत्ती 6:3-4
त्यसैले कसैलाई दिँदा तिम्रो दाहिने हातले दिएको देब्रे हातले समेत थाहा नपाओस्। दिँदा सुटुक्क देओ अनि सुटुक्क दिँदा देख्नुहुने परमेश्वर पिताले तिमीलाई इनाम दिनुहुनेछ।
मत्ती 6:3-4ရွာေဖြေလ့လာလိုက္ပါ။
15
मत्ती 6:1
येशूले अझै भन्दै जानुभयो, “धर्म-कर्म गर्दाखेरि होश राख। यी काम मानिसहरूले देखून् भनेर नगर। नत्रभने तिमीहरूले स्वर्गमा हुनुहुने तिमीहरूको परमेश्वर पिताबाट केही पनि इनाम पाउनेछैनौ।
मत्ती 6:1ရွာေဖြေလ့လာလိုက္ပါ။
16
मत्ती 6:16-18
“नखाईकन उपवास बस्दा कपटीहरूले जस्तो न्याउरो मुख लगाएर नबस। कपटीहरू त उपवास बसेका छौं भनेर अरूलाई देखाउन न्याउरो मुख लाएर बस्छन्। साँच्चै म तिमीहरूलाई भन्छु, तिनीहरूले पाउनुपर्ने पूरै इनाम पाइसकेका हुन्छन्। तिमीचाहिँ उपवास बस्ने बेलामा सधैँजस्तै टाउकोमा तेल लगाई मुख धोएर बस। त्यसो गर्दा मानिसले होइन, तर गुप्तमा हुनुहुने परमेश्वर पिताले मात्रै तिमी उपवास बसेको देख्नुहुनेछ र तिमीलाई इनाम दिनुहुनेछ।
मत्ती 6:16-18ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား