1
मत्ती 4:4
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यस्तो लेखिएको छ– खानेकुराले मात्रै मानिस बाँच्तैन, तर ऊ परमेश्वरको मुखबाट निक्लेको हरेक बोलीले बाँच्दछ।”
ႏွိုင္းယွဥ္
मत्ती 4:4ရွာေဖြေလ့လာလိုက္ပါ။
2
मत्ती 4:10
येशूले भन्नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्’।”
मत्ती 4:10ရွာေဖြေလ့လာလိုက္ပါ။
3
मत्ती 4:7
येशूले भन्नुभयो, “धर्मशास्त्रमा यस्तो पनि लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्वरको जाँच नगर्’।”
मत्ती 4:7ရွာေဖြေလ့လာလိုက္ပါ။
4
मत्ती 4:1-2
त्यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्माले येशूलाई उजाड-स्थानमा लानुभयो। उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्म केही पनि खानुभएन। त्यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो।
मत्ती 4:1-2ရွာေဖြေလ့လာလိုက္ပါ။
5
मत्ती 4:19-20
येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मान्छे समात्ने जलाहारी बनाउनेछु।” यो सुन्नेबित्तिकै तिनीहरूले आफ्ना जालहरू छोडेर येशूको पछि लागे।
मत्ती 4:19-20ရွာေဖြေလ့လာလိုက္ပါ။
6
मत्ती 4:17
त्यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्नुभयो, “आ-आफ्नो पापलाई मानिलिएर त्यसलाई छोड किनभने परमेश्वरको राज्य आइसक्न लागेको छ।”
मत्ती 4:17ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား