1
मत्ती 19:26
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
येशूले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो मानिसबाट हुनै नसक्ने कुरा हो, तर परमेश्वरबाट भने सबै कुरा हुन सक्छ।”
ႏွိုင္းယွဥ္
मत्ती 19:26ရွာေဖြေလ့လာလိုက္ပါ။
2
मत्ती 19:6
त्यसैले अब तिनीहरू दुई होइनन्, तर एउटै हुन् अनि परमेश्वरले जोडेकाहरूलाई मानिसले छुट्ट्याउनुहुँदैन।”
मत्ती 19:6ရွာေဖြေလ့လာလိုက္ပါ။
3
मत्ती 19:4-5
येशूले जवाफ दिँदै भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा पढेका छैनौ? सुरुमा सृष्टिकर्ताले मानिसलाई पुरुष र स्त्री गरी बनाउनुभयो। ‘त्यसकारण पुरुषले आफ्ना आमा-बुबालाई छोडेर आफ्नी पत्नीसँगै बस्छ र ती दुई मिलेर एउटै हुन्छन्।’
मत्ती 19:4-5ရွာေဖြေလ့လာလိုက္ပါ။
4
मत्ती 19:14
तर येशूले भन्नुभयो, “केटा-केटीहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक किनभने परमेश्वरको राज्य त यस्तैहरूको लागि नै हो।”
मत्ती 19:14ရွာေဖြေလ့လာလိုက္ပါ။
5
मत्ती 19:30
तर अहिले पहिला हुनेहरूमध्ये धेरै पछि पर्नेछन् र अहिले पछि हुनेहरूचाहिँ पहिला हुनेछन्।”
मत्ती 19:30ရွာေဖြေလ့လာလိုက္ပါ။
6
मत्ती 19:29
मेरो लागि आफ्नो घरबार, दाजुभाइ, दिदी-बहिनी, आमा-बुबा, छोरा-छोरी, जग्गा-जमिन त्याग्नेहरूले योभन्दा सय गुणा बढी र अजम्मरी जीवनसमेत पाउनेछन्।
मत्ती 19:29ရွာေဖြေလ့လာလိုက္ပါ။
7
मत्ती 19:21
येशूले तिनलाई भन्नुभयो, “तिमी साँच्चै ठीक हुन खोज्छौ भने गएर भएभरको सम्पत्ति बेचेर आएको पैसा गरीबहरूलाई देऊ र तिमीले स्वर्गीय धन पाउनेछौ अनि आएर मेरो पछि लाग।”
मत्ती 19:21ရွာေဖြေလ့လာလိုက္ပါ။
8
मत्ती 19:17
येशूले जवाफ दिनुभयो, “असल कामको बारेमा तिमी किन मलाई सोध्छौ? असल त एउटै मात्र हुनुहुन्छ। तिमीले अजम्मरी जीवन पाउन चाहन्छौ भने परमेश्वरकै व्यवस्था पालन गर।”
मत्ती 19:17ရွာေဖြေလ့လာလိုက္ပါ။
9
मत्ती 19:24
फेरि म तिमीहरूलाई भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्नुभन्दा त ऊँटलाई पो सियोको नाथ्रीबाट छिर्न सजिलो होला।”
मत्ती 19:24ရွာေဖြေလ့လာလိုက္ပါ။
10
मत्ती 19:9
हेर, म तिमीहरूलाई भन्छु, व्यभिचारको दोषबाहेक पत्नीलाई त्यागेर अर्कीलाई बिहे गर्ने पुरुषले व्यभिचार नै गर्छ।”
मत्ती 19:9ရွာေဖြေလ့လာလိုက္ပါ။
11
मत्ती 19:23
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, धनी मानिसलाई परमेश्वरको राज्यमा पस्न धेरै गाह्रो छ।
मत्ती 19:23ရွာေဖြေလ့လာလိုက္ပါ။
ပင္မစာမ်က္ႏွာ
သမၼာက်မ္းစာ
အစီအစဥ္မ်ား
ဗီဒီယိုမ်ား