1
उत्पत्ति 37:5
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
योसेफले एउटा सपना देखे; अनि जब त्यो सपना तिनले आफ्ना दाजुहरूलाई सुनाए, तब उनीहरूले तिनलाई झन् धेरै घृणा गर्न थाले।
താരതമ്യം
उत्पत्ति 37:5 പര്യവേക്ഷണം ചെയ്യുക
2
उत्पत्ति 37:3
इस्राएलले योसेफलाई आफ्ना अरू छोराहरूभन्दा धेरै माया गर्थे; किनकि तिनी उनको बुढेसकालमा जन्मेका थिए; अनि तिनले उनका लागि एउटा राम्रो बुट्टेदार लबेदा बनाए।
उत्पत्ति 37:3 പര്യവേക്ഷണം ചെയ്യുക
3
उत्पत्ति 37:4
तिनका दाजुहरूले आफ्ना पिताले तिनलाई उनीहरूलाई भन्दा धेरै माया गरेको देखेर उनीहरूले तिनलाई घृणा गर्थे, र तिनीसँग नरम भएर बोल्दैनथे।
उत्पत्ति 37:4 പര്യവേക്ഷണം ചെയ്യുക
4
उत्पत्ति 37:9
त्यसपछि तिनले अर्को सपना देखे, र तिनले त्यो आफ्ना दाजुहरूलाई सुनाए। तिनले भने, “सुन्नुहोस्, मैले अर्को सपना देखेको छु; अनि यस पटक सूर्य, चन्द्र र एघार ताराहरूले मलाई दण्डवत् गरिरहेका थिए।”
उत्पत्ति 37:9 പര്യവേക്ഷണം ചെയ്യുക
5
उत्पत्ति 37:11
तिनका दाजुहरू तिनीप्रति डाही भए; तर तिनका पिताले चाहिँ यस कुरालाई मनमै राखे।
उत्पत्ति 37:11 പര്യവേക്ഷണം ചെയ്യുക
6
उत्पत्ति 37:6-7
तिनले उनीहरूलाई भने, “मैले देखेको सपना सुन्नुहोस्: हामी खेतमा अन्नका बिटाहरू बाँधिरहेका थियौँ; तब अकस्मात् मेरो बिटा उठेर सीधा खडा भयो; अनि तपाईंहरूका बिटाहरू मेरो बिटाका चारैतिर जम्मा भएर मेरो बिटालाई दण्डवत् गरे।”
उत्पत्ति 37:6-7 പര്യവേക്ഷണം ചെയ്യുക
7
उत्पत्ति 37:20
“अब आओ, हामी त्यसलाई मारेर एउटा खाडलमा फ्याँकिदिऔँ; अनि एउटा डरलाग्दो जनावरले त्यसलाई खाएछ भनेर भनिदिऔँ। तब त्यसका सपनाहरू के हुँदारहेछन्, हेरौँला।”
उत्पत्ति 37:20 പര്യവേക്ഷണം ചെയ്യുക
8
उत्पत्ति 37:28
यसकारण जब ती मिद्यानी व्यापारीहरू नजिक आइपुगे; तिनका दाजुहरूले योसेफलाई खाडलबाट तानेर माथि निकाले, र तिनलाई चाँदीका बीस शेकेलमा इश्माएलीहरूलाई बेचिदिए; जसले तिनलाई इजिप्टमा लगे।
उत्पत्ति 37:28 പര്യവേക്ഷണം ചെയ്യുക
9
उत्पत्ति 37:19
उनीहरूले आपसमा भने, “त्यो स्वप्नदर्शी आउँदैछ!”
उत्पत्ति 37:19 പര്യവേക്ഷണം ചെയ്യുക
10
उत्पत्ति 37:18
तर उनीहरूले तिनलाई टाढैबाट देखे, र तिनी उनीहरूकहाँ आइपुग्नुअगि नै तिनको उनीहरूले हत्या गर्ने षड्यन्त्र रचे।
उत्पत्ति 37:18 പര്യവേക്ഷണം ചെയ്യുക
11
उत्पत्ति 37:22
रक्तपात नगरौँ। बरु त्यसलाई यहाँ मरुभूमिको यस खाडलमा फ्याँकिदिऔँ; तर त्यसमाथि हातचाहिँ नउठाऔँ।” रूबेनले तिनलाई तिनीहरूका हातबाट छुटाएर तिनलाई आफ्ना पिताकहाँ फर्काएर लगिदिनका लागि यसो भनेका थिए।
उत्पत्ति 37:22 പര്യവേക്ഷണം ചെയ്യുക