रोमी पुस्तक परिचय
पुस्तक परिचय
यो पत्र पावलले रोममा भएको मण्डलीलाई लेखेका थिए। त्यस मण्डलीसित भेटघाट गरी, उनीहरूसँग अलिक दिनसम्म काम गरेपछि उनीहरूबाट मद्दत लिई स्पेनतिर लाग्ने पावलको विचार थियो। यो पत्र उनले ख्रीष्टियान जीवनलाई आवश्यक पर्ने कुराहरू बुझाउनलाई लेखेका थिए। यस पुस्तकमा पावलको शिक्षाको खास अर्थ पाइन्छ।
पावलले रोमको मण्डलीलाई अभिवादन गर्दै उनले उनीहरूका लागि प्रार्थना गरेको कुरा जनाउँछन्। त्यसपछि उनले पत्रको विषय बताउँछन्: “सुसमाचारले मानिसलाई परमेश्वरले आफ्नो सामु कसरी ठीक ठहराउनुहुन्छ भन्ने देखाउँछ अनि परमेश्वरसँग ठीक ठहरिने कुरा विश्वासबाटै सुरु हुन्छ र विश्वासबाटै पूरा पनि हुन्छ” (१:१७)।
त्यसपछि पावलले यस विषयलाई यसरी बढाउँछन्: परमेश्वरका सामु सबै मानिसहरू चाहे यहूदी होऊन् वा अन्यजाति, ठीक ठहरिनुपर्छ किनभने सबै मानिस पापको शक्तिमुनि समान छन्। अनि आफू ठीक ठहरिन सबैले येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ। त्यसपछि परमेश्वरसितको सम्बन्धबाट आउने येशू ख्रीष्टमा भएको नयाँ जीवनको विषयमा बताइएको छ। विश्वास गर्नेले परमेश्वरकहाँ शरण पाउँछ र उसलाई उहाँका आत्माले पाप र मृत्युको शक्तिबाट छुटकारा दिनुहुन्छ। पाचौँदेखि आठौँ अध्यायहरूमा विश्वास गर्नेको जीवनमा परमेश्वरको व्यवस्था र उहाँका आत्माको शक्तिको कस्तो काम हुन्छ, सो विषयमा तर्क गरिएको छ। त्यसपछि परमेश्वरले मानिस जातिको लागि बनाउनुभएको योजनामुनि यहूदीहरू र अन्यजातिहरू कसरी आउन सक्छन् भन्ने प्रश्नको जवाफ दिने कोसिस गरिएको छ। पावलले आफ्नो पत्र यसो भनेर सिध्याउँछन्: यहूदीहरूले येशूलाई किन अस्वीकार गरे, त्यसको कारण छ। त्योचाहिँ सारा मानिस जातिलाई येशू ख्रीष्टमा परमेश्वरको अनुग्रहको नजिकै पुर्याउने उहाँको योजनाको एक भाग हो। अनि यहूदीहरूले येशूलाई सधैँ अस्वीकार गर्नेछैनन् भन्ने पावलले विश्वास गर्छन्। अन्तमा ख्रीष्टियान जीवन खास गरी अरूसित प्रेम देखाँउदै कसरी जिउनुपर्छ भन्ने कुरा पावल लेख्छन्। उनले यस्ता विषयहरू: परमेश्वरको सेवा, राष्ट्र र एक-अर्कालाई गरिने ख्रीष्टियानहरूका कर्तव्य र विवेकका प्रश्नहरू देखाउँछन्। आफ्ना निजी खबरहरू र परमेश्वरको स्तुतिका शब्दहरूसाथ उनले पत्र समाप्त गर्छन्।
संक्षिप्त विषय-सूची
परिचय र उद्देश्य-विषय १:१-१७
मानिसलाई मुक्तिको आवश्यकता १:१८—३:२०
मुक्तिको खातिर परमेश्वरको उपाय ३:२१—४:२५
ख्रीष्टमा नयाँ जीवन ५:१—८:३९
परमेश्वरको योजनामुनि यहूदीहरू ९:१; ११:३६
ख्रीष्टियान चालचलन १२:१—१५:१३
समाप्ति र निजी अभिवादन १५:१४—१६:२७
Pašlaik izvēlēts:
रोमी पुस्तक परिचय: सरल नेपाली
Izceltais
Dalīties
Kopēt
Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.