YouVersion logotips
Meklēt ikonu

योना 3

3
योनाको आज्ञापालन
1फेरि एकपल्‍ट परमप्रभु योनासँग बोल्‍नुभयो।
2उहाँले भन्‍नुभयो, “ठूलो सहर निनवेमा जा र मैले तँलाई दिएको सन्‍देश त्‍यहाँका मानिसहरूलाई सुना।” 3योनाले परमप्रभुको आज्ञापालन गरे र निनवेमा गए। निनवे सहर यति ठूलो थियो कि त्‍यसलाई हिँडेर वारपार गर्न तीन दिन लाग्‍थ्‍यो। 4#मत्ती 12:41; लूका 11:32योना सहरभित्र पसेर एक दिनको दूरी हिँडेपछि यसो भनी प्रचार गरे, “अबको चालीस दिनमा निनवे नाश पारिनेछ।”
5निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे। यसकारण सबैले उपवास बस्‍नुपर्छ भनी तिनीहरूले पक्‍का गरे। साना-ठूला सबै मानिसहरूले भाङ्‌ग्रा लाएर आफूले पश्‍चात्ताप गरेको प्रकट गरे।
6निनवेको राजाले यो कुरा सुनेर सिंहासनबाट उठी आफ्‍ना राजकीय पोशाक फुकाले र भाङ्‌ग्रा लाएर खरानीमा बसे। 7उनले यस्‍तो आदेश निनवेका बासिन्‍दाहरूलाई पठाए, “यो राजा र भारदारहरूको आज्ञा हो। कसैले केही खानेछैन। सबै मानिसहरू, गाई-गोरुहरू र भेडा-बाख्राहरूलाई खानु वा पिउनु मनाइ छ। 8सबै मानिसहरू र पशुहरूले भाङ्‌ग्रा लाउनुपर्छ। सबैले मन लाएर परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र आफ्‍ना दुर्व्‍यवहार र कुकर्म त्‍याग्‍नुपर्छ। 9सायद, परमेश्‍वरले आफ्‍नो मन बदल्‍नुहुनेछ र हामीप्रतिको क्रोध थाम्‍नुहुनेछ र हामी नष्‍ट हुनेछैनौं।”
10तिनीहरूले गरेका कुरा परमेश्‍वरले देख्‍नुभयो। तिनीहरूले आफ्‍ना दुष्‍ट काम त्‍यागेका उहाँले देख्‍नुभयो। यसर्थ तिनीहरूलाई दण्‍ड दिने आफ्‍नो मन बदल्‍नुभयो। उहाँले तिनीहरूलाई दण्‍ड दिनुभएन।

Izceltais

Dalīties

Kopēt

None

Vai vēlies, lai tevis izceltie teksti tiktu saglabāti visās tavās ierīcēs? Reģistrējieties vai pierakstieties