1
रोमी 16:20
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
शान्ति दिने परमेश्वरले चाँडै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्चाउनुहुनेछ। हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस्।
Compare
Explore रोमी 16:20
2
रोमी 16:17
दाजुभाइहरू हो, म तिमीहरूलाई बिन्ती गर्दछु, फाटो ल्याउने र मानिसको विश्वासलाई बिथोल्नेहरूदेखि होशियार होऊ। तिनीहरू तिमीहरूले पाएको शिक्षाको विरोध गर्छन्। त्यस्ता मानिसहरूको त संगत पनि नगर
Explore रोमी 16:17
3
रोमी 16:18
किनभने यसो गर्ने मानिसहरूले ख्रीष्टको होइन तर आफ्नै पेटको पूजा गर्छन्। मीठामीठा शब्दहरू र चिप्ला कुराहरूले सीधा मानिसहरूलाई ठग्छन्।
Explore रोमी 16:18
4
रोमी 16:25-27
हामी सबैले परमेश्वरलाई आदर र मान गरौं। उहाँ तिमीहरूलाई विश्वासमा स्थिर बनाउन शक्तिशाली हुनुहुन्छ। मैले प्रचार गरेको सुसमाचार र येशू ख्रीष्टको बारे गरेको प्रचारले पनि यो बताउँछ। युग-युगदेखि गुप्तमा रहेको ख्रीष्टको सुसमाचार अब छर्लङ्ग भएको छ। ख्रीष्टको बारेमा नबुझिने कुराहरू अब अगमवक्ताहरूले लेखेका किताबहरूमा सफासँग बुझ्न सकिने भएको छ। अब अनन्त परमेश्वरको धार्मिक आज्ञाअनुसार यही लुकेको सुसमाचार चारै दिशामा प्रचार गरिंदै छ। यसो गर्नाले सबैले विश्वास गरेर एकमात्र परमेश्वरलाई मान्न पाउनेछन्। एकमात्र सर्वज्ञानी परमेश्वरलाई येशू ख्रीष्टद्वारा सदासर्वदा महिमा होइरहोस्। आमेन।
Explore रोमी 16:25-27
მთავარი
ბიბლია
გეგმები
ვიდეოები