1
लूका 16:10
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
येशूले फेरि भन्नुभयो, “सानो कुरामा भरपर्दो मानिसचाहिँ ठूलो कुरामा पनि भरपर्दो हुन्छ। त्यस्तै सानो कुरामा बेइमान हुने मानिस ठूलो कुरामा पनि बेइमान नै हुन्छ।
Compare
Explore लूका 16:10
2
लूका 16:13
“कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन। उसले एउटालाई हेला गर्छ र अर्कोलाई माया गर्छ कि उसले एउटाले भनेको मान्छ र अर्कोको वास्तै गर्दैन। त्यसै गरी तिमीहरूले पनि परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
Explore लूका 16:13
3
लूका 16:11-12
संसारको धनको कारोबारमा विश्वास गर्न नसकिनेलाई सत्यको धनको निम्ति कसरी विश्वास गर्न सकिन्छ र? तिमीहरू अर्काको धनमा विश्वासी हुँदैनौ भने तिमीहरूले पाउनुपर्ने धन कसले देला र?
Explore लूका 16:11-12
4
लूका 16:31
तर अब्राहामले जवाफ दिएर भने, ‘मोशा र अगमवक्ताहरूको कुरा नसुन्नेले मरेकै मानिस बिउँतिएर गए पनि विश्वास गर्नेछैनन्’।”
Explore लूका 16:31
5
लूका 16:18
आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्ने लोग्ने मानिसले व्यभिचार गर्छ अनि अर्काले त्यागेकीलाई विवाह गर्नेले पनि व्यभिचार गर्छ।”
Explore लूका 16:18
მთავარი
ბიბლია
გეგმები
ვიდეოები