1
२ कोरिन्थी 4:18
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
देखिएका चीजहरूका लागि होइन तर नदेखिएका चीजहरूका लागि हामी ध्यान दिन्छौं। जे देखिन्छ, त्यो केही समयको लागि हुन्छ तर जे देखिंदैन, त्यो सदाको लागि हुन्छ।
Compare
Explore २ कोरिन्थी 4:18
2
२ कोरिन्थी 4:16-17
यसैकारण हामी कहिले पनि हरेस खाँदैनौं। हामी शरीरमा खिइँदैगए पनि हाम्रो भित्री आत्माचाहिँ दिनदिनै नयाँ हुँदैगइरहेको छ। हामीले अहिले भोगेको दु:ख पछि पाउने अति ठूलो अनन्तको सुख सम्झेर त साँच्चै केही पनि होइन।
Explore २ कोरिन्थी 4:16-17
3
२ कोरिन्थी 4:8-9
हामी घरीघरी चारैतिरबाट थिचो-मिचोमा पर्छौं, तर पनि धुलो-पिठो त भएका छैनौं। अन्योलमा परे पनि निराशचाहिँ भएका छैनौं। हामीलाई धेरै सताएको भए पनि हामी त्यागिएका छैनौं। हामीले बेसरी चुटाइ खाएर ढले पनि मरेका त छैनौं।
Explore २ कोरिन्थी 4:8-9
4
२ कोरिन्थी 4:7
यस्तो बहुमूल्य धन हामीजस्तो माटाको भाँडामा राखिएको कारणचाहिँ सबै शक्ति सर्वोच्च परमेश्वरकै हातमा छ भनी देखाउन हो, हामीसँग कुनै शक्ति छैन।
Explore २ कोरिन्थी 4:7
5
२ कोरिन्थी 4:4
यस युगको देवताले येशूमा विश्वास नगर्नेहरूको बुझ्ने शक्तिलाई नै अन्धो बनाइदिएको छ। ख्रीष्ट परमेश्वरकै स्वरूप हुनुहुन्छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्धो बनाइदिएको छ।
Explore २ कोरिन्थी 4:4
6
२ कोरिन्थी 4:6
“अन्धकारको बीचमा उज्यालो चम्कनेछ भन्नुहुने परमेश्वरले नै हाम्रो हृदयमा उहाँको उज्यालो चम्काउनुभएको छ। यो उज्यालोबाट परमेश्वरको कत्रो सम्मान् छ, त्यो हामी बुझ्छौं। साँच्चै यो उज्यालो ख्रीष्टको मुहारमै छ।
Explore २ कोरिन्थी 4:6
მთავარი
ბიბლია
გეგმები
ვიდეოები