प्रस्थान 38
38
बलि चढाउने वेदी
1बलि चढाउन तिनले बबुल काठको वेदी बनाए। त्यसको लम्बाइ र चौडाइ बराबर, २ मिटर २ सेन्टिमिटर र उचाइ १ मिटर ३ सेन्टिमिटर थियो। 2त्यसका चार कुनाका टुप्पामा सिङजस्ता बाहिर निस्केका चोसाहरू वेदीसित एउटै काठको टुक्राले बनाए र ती सबै काँसाले मोहोरे। 3वेदीका सारा सर-सामान, खरानी थाप्ने भाँडा, बेल्चा, बटुको, अङ्कुसेहरू र आगोका पात्रहरू तिनले बनाए। यी सबै चीजहरू काँसाका बनेका थिए। 4तिनले एउटा काँसाको जाली बनाए र वेदीको बिटमुनि राखे। त्यसरी जाली राख्दा त्यो वेदीको बीचसम्म आइपुग्थ्यो। 5तिनले चारवटा वेदी बोक्ने मुन्द्राहरू बनाए र चार कुनामा लगाए। 6वेदी बोक्ने डन्डाहरू तिनले बबुल काठको बनाए र काँसाले मोहोरे 7र वेदीका छेउमा लागेका कुण्डलहरूमा ती डन्डाहरू छिराए। काठको फल्याकले वेदी बनेको थियो र भित्रपट्टि खोक्रो थियो।
काँसाको पानी हाल्ने भाँडो
(प्रस्थान ३०:१८)
8 #
प्रस्थान 30:18
परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने स्त्रीहरूका दर्पणहरू लिएर तिनले काँसाका पानी हाल्ने बाटा र त्यसका आसन बनाए।
परमप्रभुको पवित्र पालको घेरा
(प्रस्थान २७:९-१९)
9तिनले मिहिन सुती कपडाका पर्दाहरू बनाएर परमप्रभुको पवित्र पाललाई घेरा हाले। दक्षिणपट्टि पर्दाहरू ४४ मिटर लामा थिए, 10ती पर्दाहरू बीसवटा काँसाका आसनहरूमा खडा राखिएका अनि चाँदीका अङ्कुसे र डन्डी लागेका बीसवटा काँसाका खामाहरूमा झुन्ड्याइएका थिए। 11उत्तरपट्टि त्यसरी नै घेरा लगाइएको थियो। 12पश्चिमपट्टि पर्दाहरू २२ मिटर लामा थिए। ती पर्दाहरू दश आसनमाथि खडा र चाँदीका अङ्कुसे र डन्डी लागेका दश वटा खम्बामा झुन्ड्याइएका थिए। 13मूल-ढोका रहेको पूर्वपट्टि पनि घेरा २२ मिटर चौडा थियो। 14-15मूलढोकाको दुवैपट्टि छ मिटर ६० सेन्टिमिटरका पर्दाहरू थिए र ती पर्दाहरू एक-एक गरेर, तीन आसनमाथि तीन खम्बाहरूमा राखिएका थिए। 16घेराका चारैपट्टिका पर्दाहरू मिहिन सुती कपडाले बनेका थिए। 17खम्बाका आसनहरू काँसाका र अङ्कुसे र डन्डीहरू चाँदीका बनिएका थिए। खम्बाका टुप्पाहरू चाँदीले मोहोरेर ढाकेका थिए। घेराका चारैपट्टिका खम्बाहरू चाँदीका डन्डीहरूले जोडिएका थिए। 18घेराका मूल-ढोकाको पर्दा नीलो, बैजनी र रातो रङ्गको ऊनले बुनेर जोडेको अनि फूलबुट्टा भरेको मिहिन सुती कपडाको बनेको थियो। त्यो पर्दा घेराका पर्दाजस्तै ९ मिटर लामो र २ मिटर अग्लो थियो। 19काँसाका चार आसनमाथि खडा चार खम्बाहरूबाट त्यो झुन्ड्याइएको थियो। खम्बाको अङ्कुसे र डन्डीहरू चाँदीका बनेका थिए र टुप्पाहरू चाँदीले मोहोरेर ढाकेका थिए। 20पवित्र पाल र त्यसका घेराका खुट्टीहरू काँसाका बनेका थिए।
परमप्रभुको पवित्र पालमा लागेका धातुहरू
21परमप्रभुको पवित्र पाल बनाउन लागेका धातुहरूको सूची यस्तो छ। पवित्र पालमा दश आज्ञाहरू लेखिएका ढुङ्गाका दुईवटा पाटीहरू राखिएका थिए। त्यो सूची मोशाको आज्ञाले लेवीहरूले तयार गरेका थिए। ती लेवीहरूले पूजाहारी हारूनका छोरा ईतामारका आदेशमा काम गर्थे।
22परमप्रभुले आज्ञा गरेका हरेक चीज बजलेलले बनाए। तिनी यहूदा कुलका ऊरीका छोरा र हूरका नाति थिए। 23तिनलाई मद्दत गर्ने अहीसामाकका छोरा ओहोलीआब दान कुलका थिए अनि तिनी धातु खोपी बुट्टा काट्ने, चित्र बनाउने र मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङ्गका ऊनी कपडा बुन्ने काममा सिपालु थिए।
24पवित्र पालको निम्ति परमप्रभुलाई अर्पण गरिएका सारा सुनको तौल एक हजार किलोग्राम थियो, त्यो तौल सरकारी तौलअनुसार थियो। 25#प्रस्थान 30:11-16इस्राएली समाजका मानिसहरूका जनगणनाको समयमा बटुलेका चाँदीको तौल ३,४३० किलोग्राम थियो। त्यो तौल तोकिएको तौलअनुसार थियो। 26#मत्ती 17:24जनगणनामा परेका सबै मानिसहरूले तिरेका मोलको मोठ बराबर त्यो चाँदी थियो। जनगणनामा पाइएका २० वा बढी उमेरका पुरुषहरूको सङ्ख्या ६,०३,५५० थियो। 27पाइएका चाँदीबाट ३,४०० किलोग्राम पवित्र पाल र पर्दाहरूका सय वटा आसनहरू बनाउन हरेक आसनको निम्ति ३४ किलोग्रामको हिसाबले चलाइयो। 28उब्रेका ३० किलोग्राम चाँदीबाट बजलेलले डन्डी र खम्बाका अङ्कुसेहरू बनाए र खम्बाका टुप्पा मोहोर्ने काम गरे। 29परमप्रभुलाई अर्पण गरिएका काँसाको तौल २,४२५ किलोग्राम थियो। 30ती काँसाले तिनले परमप्रभुको पवित्र पालको मूलढोकाका आसनहरू, जालीसहित काँसाको वेदी, वेदीका सारा सर-सामान, 31घेरा र त्यसका मूल-ढोकाका आसनहरू अनि पवित्र पाल र त्यसको घेराका खुट्टीहरू बनाए।
Nke Ahọpụtara Ugbu A:
प्रस्थान 38: सरल नेपाली
Mee ka ọ bụrụ isi
Kesaa
Mapịa
Ịchọrọ ka echekwaara gị ihe ndị gasị ị mere ka ha pụta ìhè ná ngwaọrụ gị niile? Debanye aha gị ma ọ bụ mee mbanye
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.