प्रस्थान 35
35
विश्राम-दिनको नियम
1मोशाले इस्राएलीहरूका सारा जातिलाई एकसाथ बोलाएर तिनीहरूलाई भने, “परमप्रभुले तिमीहरूलाई यस्तो आज्ञा गर्नुभएको छ, 2#प्रस्थान 20:8-11; 23:12; 31:15; 34:21; लेवी 23:3; व्यवस्था 5:12-14काम गर्नको लागि तिमीहरू छ दिन पाउँछौ, तर सातौँ दिनचाहिँ म परमप्रभुलाई अर्पण गरेको एउटा पवित्र र महत्त्वपूर्ण विश्रामको दिन हुनेछ। जसले त्यो दिन केही काम गर्छ, त्यो मारिनेछ। 3विश्राम दिनमा तिमीहरूले घरमा आगोसम्म पनि नसल्काउनू।”
पवित्र पालका निम्ति भेटीहरू
(प्रस्थान २५:१-९)
4इस्राएलका सारा प्रजालाई मोशाले भने, “परमप्रभुले यस्तो आज्ञा गर्नुभएको छ: 5परमप्रभुकहाँ भेटी चढाओ। ज-जसले भेटीहरू चढाउन चाहन्छन्, तिनीहरूले यस्ता कुराका भेटीहरू चढाऊन्: सुन, चाँदी वा काँसा, 6मिहिन सुती कपडा, नीलो, बैजनी र रातो धागो, बाख्राको भुत्लाले बनेको कपडा, 7रातो रङ्ग गरेका भेडाको छाला, नरम र राम्रो छाला, बबुल काठ, 8बत्तीको निम्ति तेल, अभिषेक गर्ने तेल र मीठा बास्ना भएका धूपमा मिलाउने मसलाहरू, 9मुख्य पूजाहारीका पवित्र एपोद र छाती-पातामा लाउने आनिक्स र अरू दामी रत्नहरू।
परमप्रभुको पवित्र पालमा चाहिने थोकहरू
(प्रस्थान ३९:३२-४३)
10“तिमीहरूमध्ये भएका सबै सिपालु कारिगरहरू आएर परमप्रभुले आज्ञा गरेका सबै कुराहरू बनाउनुपर्छ: 11पवित्र पाल, त्यसका भित्री र बाहिरी पालहरू, अङ्कुसेहरू र फल्याकहरू तेर्सो बार र खम्बाहरू, आसनहरू, 12करारको सन्दुक, त्यसका डन्डाहरू, प्रायश्चितको ढकना, छोप्ने पर्दा, 13टेबिल, त्यसका डन्डा र सर-सामानहरू, परमेश्वरलाई भेटी चढाएका रोटी, 14बत्तीको निम्ति सामदान र त्यसका सर-सामान, पानस र तेल, 15धूप वेदी र त्यसका डन्डाहरू, अभिषेक गर्ने तेल, मीठो बास्ना भएको धूप, पवित्र पालको ढोकाको पर्दा, 16बलि चढाउने वेदी, त्यसमा लगाएको काँसाको जाली, त्यसका डन्डा र सर-सामान, पानी राख्ने बाटा र त्यसका आसन, 17पवित्र पाल घेर्ने घेराका पर्दाहरू, त्यसका आसन र खम्बाहरू, घेराको ढोकाको पर्दा, 18पवित्र पाल र घेराको किला र डोरीहरू 19र पवित्रस्थानमा सेवा गर्दा पूजाहारीहरूले लाउने सुन्दर वस्त्रहरू, पूजाहारी हारून र त्यसका छोराहरूले लाउने पवित्र पोशाकहरू।”
मानिसहरूको भेटी
20इस्राएलका सबै मानिसहरू मोशाबाट बिदा भए। 21ज-जसले इच्छा गरे, तिनीहरूले परमप्रभुको पवित्र पाल बनाउन उहाँकहाँ भेटी ल्याए। आराधना गर्नका लागि र पूजाहारीका वस्त्र बनाउन चाहिने सबै चीजबीजहरू तिनीहरूले ल्याए। 22इच्छा गर्ने प्रत्येक पुरुष र स्त्रीले सिङ्गार्नलाई पिन, कुण्डल, औँठी, मालाहरू र हरप्रकारका सुनका गरगहना ल्याए र परमप्रभुलाई अर्पण गरे। 23जोसँग मिहिन सुती कपडा, नीलो, बैजनी वा रातो रङका ऊन, बाख्राका भुत्लाका कपडा, रातो रङ गरेका भेडाका छाला वा असल छालाहरू थिए, ती सबै तिनीहरूले भेटीस्वरूप ल्याए। 24ज-जसले चाँदी वा काँसा दिन सक्थे, तिनीहरूले आ-आफ्ना भेटी परमप्रभुकहाँ ल्याए। अनि कुनै पनि काममा लगाउन सकिने बबुल काठ जोसँग थियो, ती काठ तिनीहरूले ल्याए। 25सीप भएका स्त्रीहरूले आफूले बनाएका मिहिन सुती धागो अनि नीलो, बैजनी र रातो रङका ऊनी धागो लिई आए। 26तिनीहरूले बाख्राका रौंका धागा पनि बनाए। 27नाइकेहरूले पवित्र एपोद र छाती-पातामा जड्ने आनिक्स र अन्य दामी रत्नहरू अनि 28बत्तीको लागि तेल र अभिषेक गर्ने तेल र मीठा बास्ना भएका धूपको निम्ति मसला र तेलहरू ल्याए। 29परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको कामको निम्ति इच्छा राख्ने सबै इस्राएलीहरूले आ-आफ्ना भेटी परमप्रभुकहाँ ल्याए।
पवित्र पाल बनाउने कारिगरहरू
(प्रस्थान ३१:१-११)
30मोशाले इस्राएलीहरूलाई भने, “परमप्रभुले यहूदा कुलका, हूरका नाति अनि ऊरीका छोरा बजलेललाई चुन्नुभएको छ। 31परमेश्वरले तिनलाई आफ्नो आत्माले भर्नुभएको छ। समझशक्ति, ज्ञान-बुद्धि र सबै प्रकारका कारिगरका काम गर्ने योग्यता दिनुभएको छ। 32उहाँले तिनलाई सुन, चाँदी र काँसाको शिल्पकलाको लागि, 33हीरा आदि मणिहरू काट्ने र जड्ने, काठमा चित्र कप्ने साथै अरू हरप्रकारका कलाका काम गर्ने सीप दिनुभएको छ। 34तिनलाई र दान कुलका अहीसामाकका छोरा ओहोलीआबलाई परमप्रभुले आफ्नो सीप अरूहरूलाई पनि सिकाउन सक्ने योग्यता दिनुभएको छ। 35धातु खोप्ने, फूल-बुट्टा भर्ने, चित्र बनाउने अनि मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङको ऊनी र अरू कपडा बुन्ने कारिगरहरूले जानेका सबै थरीका काम गर्ने सीप उहाँले तिनीहरूलाई दिनुभएको छ। तिनीहरू सबै प्रकारका काम गर्न सक्छन् र सिपालु चित्रकार पनि हुन्।
Nke Ahọpụtara Ugbu A:
प्रस्थान 35: सरल नेपाली
Mee ka ọ bụrụ isi
Kesaa
Mapịa
Ịchọrọ ka echekwaara gị ihe ndị gasị ị mere ka ha pụta ìhè ná ngwaọrụ gị niile? Debanye aha gị ma ọ bụ mee mbanye
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: