Akara Njirimara YouVersion
Akara Eji Eme Ọchịchọ

प्रस्‍थान 34

34
ढुङ्गाको पाटीको दोस्रो जोडा
1परमप्रभुले मोशालाई भन्‍नुभयो, “पहिलेका जस्‍ता दुईवटा ढुङ्गाका पाटीहरू काटेर ले अनि म ती पाटीमा त्‍यही शब्‍दहरू लेख्‍नेछु, जुन तैँले फुटाएका पहिला पाटीहरूमा लेखिएका थिए। 2भोलि बिहान तयार भएर सीनै पहाडको टाकुरामा मलाई भेट गर्न उक्‍लिआइज। 3तँसित अरू कोही नआओस्, पहाडको कुनै भागमा कोही मानिस देखा नपरोस् अनि पहाडको फेदमा गाई-गोरु वा भेडाहरू नचरून्।” 4मोशाले अरू दुईवटा ढुङ्गाका पाटीहरू काटेर बनाए अनि भोलिपल्‍ट बिहानै परमप्रभुले आज्ञा गर्नुभएअनुसार ती लिएर सीनै पहाडमा उक्‍ले।
5परमप्रभु बादलमा ओर्लिआउनुभयो र त्‍यहाँ मोशासित उभिनुभयो। उहाँले आफ्‍नो पवित्र नाम ‘परमप्रभु’ उच्‍चारण गर्नुभयो। 6#प्रस्‍थान 20:5,6; गन्ती 14:18; व्यवस्था 5:9,10; 7:9,10परमप्रभु तिनको अघिबाट भएर जानुभयो र भन्‍नुभयो, “म परमप्रभु करुणा र दयाले भरिएको परमेश्‍वर हुँ, जो झट्टै रिसाउँदैन र जसले महान् प्रेम र विश्‍वासयोग्‍यता देखाउँछ। 7म हजारौँ पुस्‍तासम्‍म आफ्‍नो प्रतिज्ञा राख्‍छु र दुष्‍टता, विद्रोह र पाप क्षमा गर्दछु। तर आमा-बुबाका पापको निम्‍ति तिनीहरूका छोरा-छोरीहरू र नाति-पनातिहरूलाई तेस्रो र चौथो पुस्‍तासम्‍म म दण्‍ड नदिई छोड्दिनँ।”
8मोशाले तुरुन्‍तै भूइँमा निहुरेर परमेश्‍वरलाई दण्‍डवत् गरे। 9उनले भने, “प्रभु, तपाईं साँच्‍चै मसित प्रसन्‍न हुनुहुन्‍छ भने म बिन्‍ती गर्दछु कि तपाईं हामीसित आउनुहोस्। यी मानिसहरू ढिट छन् तर हाम्रा दुष्‍टता र पाप क्षमा गर्नुहोस् र हामीलाई आफ्‍नै प्रजा भनी ग्रहण गर्नुहोस्।”
नयाँ करार
(प्रस्‍थान २३:१४-१९; व्‍यवस्‍था ७:१-५; १६:१-१७)
10परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म इस्राएलीहरूसँग करार बाँध्‍छु। म तिनीहरूको अघि महान् कार्यहरू गर्नेछु। त्‍यस्‍ता कार्यहरू अघि कहिल्‍यै पृथ्‍वीका कुनै जातिका बीचमा कहीँ पनि गरिएका थिएनन्। म परमप्रभुले कस्‍तो महान् कार्य गर्न सक्‍छु, त्यो सबै मानिसहरूले देख्‍नेछन् किनभने म तिमीहरूको निम्‍ति एउटा महान् र भयानक काम गर्नेछु। 11जुन आज्ञाहरू म आज तँलाई दिँदै छु, ती तैँले मान्‍नू। जब तिमीहरू अघि बढेर जानेछौ, म एमोरी, कनानी, हित्ती, परिज्‍जी, हिव्‍वी र यबूसीहरूलाई धपाउनेछु। 12तिमीहरू जुन देशमा जाँदै छौ, त्‍यहाँका मानिसहरूसित कुनै प्रकारको सन्‍धि-सम्‍झौता नगर्नू किनभने त्‍यो तिमीहरूका लागि मृत्‍युको एउटा पासो बन्‍नेछ। 13#व्यवस्था 16:21बरु तिनीहरूका वेदी भत्‍काइदिनू, तिनीहरूले पवित्र मानेका थामहरू नाश गरिदिनू र तिनीहरूका अशेरा देवीका मूर्तिहरू भत्‍काइदिनू।
14“अरू कुनै देवताको पूजा तिमीहरूले नगर्नू किनभने म परमप्रभु डाह गर्ने परमेश्‍वर हुँ। 15त्‍यस देशका मानिसहरूसित सन्‍धि-सम्‍झौता नगर्नू किनभने तिनीहरूले आफ्‍ना देवताका मूर्तिपूजा गरी बलि चढाउँदा तिमीहरूलाई पनि निम्‍त्‍याउनेछन् र तिनीहरूका देवतालाई चढाएका भोजन खाने लालसा तिमीहरूमा जाग्‍नेछ। 16तिम्रा छोराहरूले त्‍यहाँका विदेशी स्‍त्रीहरूलाई विवाह गर्लान् र तिनीहरूलाई मप्रति अविश्‍वासी बनाएर तिनीहरूकै देवतालाई पुज्‍न लगाउलान्।
17 # प्रस्‍थान 20:4; लेवी 19:4; व्यवस्था 5:8; 27:15 “तिमीहरूले कुनै धातुको मूर्ति बनाएर नपुज्‍नू।
18 # प्रस्‍थान 12:14-20; लेवी 23:6-8; गन्ती 28:16-25 “अखमिरी रोटीको चाड मनाउनू। मैले आज्ञा गरेअनुसार आबीब महिनामा सात दिनसम्‍म अखमिरी रोटी खानू किनभने त्‍यही महिनामा तिमीहरूले मिश्रदेश छोडेका थियौ।
19 # प्रस्‍थान 13:2 “हरेक जेठा छोरा र तिम्रा घरेलु पशुहरूका पहिलो बाछो वा पाठो मेरा हुन्, 20#प्रस्‍थान 13:13तर गधाको हरेक पहिलो बच्‍चालाई त्‍यसको सट्टामा एउटा भेडाको पाठो दिएर छुटाउनू। त्‍यसरी तिमीहरूले फिर्ता लिएनौ भने त्‍यसको घिच्रो भाँचिदिनू। सबै जेठा छोराहरू यस्‍तै रीतिले किनी छुटाउनू।
“कोही पनि भेटी नलिई मेरो सामु नआओस्।
21 # प्रस्‍थान 20:9,10; 23:12; 31:15; 35:2; लेवी 23:3; व्यवस्था 5:13,14 “तिमीहरूलाई काम गर्नलाई छ दिन दिइएका छन् तर सातौँ दिनमा तिमीहरूले काम नगर्नू। हलो जोत्‍ने वा कटनी गर्ने समयमा पनि त्‍यो दिन काम नगर्नू।
22 # लेवी 23:15-21; गन्ती 28:26-31; लेवी 23:39-43 “तिमीहरूले लगाएको पहिलो गहुँबाली काट्‍न सुरु गर्दा कटनी पर्व मनाउनू। शरद् ऋतुमा तिमीहरूले फसल बटुलेका समयमा छाप्रोवास चाड मनाउनू।
23“तिम्रा सबै पुरुषहरू वर्षमा तीनचोटि म परमप्रभु इस्राएलका परमेश्‍वरलाई पुज्‍न आउनुपर्नेछ। 24मैले जाति-जातिहरूदेखि धपाई तिमीहरूका सिमाना फैलाएर लगेपछि तिमीहरूले ती तीनवटा चाडहरू मान्‍दा कसैले तिमीहरूका देश जित्‍ने चेष्‍टा गर्नेछैनन्।
25 # प्रस्‍थान 12:10 “मलाई पशु-बलि चढाउँदा त्‍योसित खमिर लाएर बनाएको रोटी बलि नचढाउनू। निस्‍तार-चाडमा मारेको पशुको कुनै हिस्‍सा भोलिपल्‍ट बिहानसम्‍म नराख्‍नू।
26 # व्यवस्था 26:2; व्यवस्था 14:21 “हरेक साल आफ्‍नो फसलको पहिलो फल परमप्रभुको भवनमा लिएर आउनू।
“भेडा र बाख्राको पाठोलाई त्‍यसको माऊको दूधमा नपकाउनू।”
27परमप्रभुले मोशालाई भन्‍नुभयो, “यी कुराहरू लेख्‌ किनभने यी नै कुराअनुसार म तँ र इस्राएलसँग एउटा करार बाँध्‍दै छु।” 28मोशा त्‍यहाँ परमप्रभुसित चालीस दिन र चालीस रात केही नखाई र नपिई रहे। करारका यी कुराहरू अर्थात् दश आज्ञाहरू मोशाले ती पाटीहरूमा लेखे।
मोशा सीनै पर्वतबाट ओर्लन्‍छन्
29 # २ कोरिन्थी 3:7-16 ती दश आज्ञाहरू बोकेर जब मोशा सीनै पर्वतबाट ओर्लिआए, तिनको चेहरा चम्‍किरहेको थियो किनभने तिनले परमप्रभुसित कुरा गरेका थिए तर उनलाई त्‍यो थाहा थिएन। 30हारून र सबै मानिसहरूले मोशालाई हेरे र तिनको चेहरा चम्‍किरहेको देखे। तिनीहरू मोशाको छेउमा जान डराए। 31तर मोशाले तिनीहरूलाई बोलाए र हारून र इस्राएलका सबै अगुवाहरू तिनकहाँ आए। मोशाले तिनीहरूसित कुरा गरे।
32त्‍यसपछि इस्राएलका सबै मानिसहरू तिनको चारैपट्टि भेला भए। तिनीहरूलाई मोशाले सीनै पर्वतमा परमप्रभुले दिनुभएका सबै धार्मिक नियमहरू सुनाए। 33मोशाले तिनीहरूसित बोलिसकेपछि एउटा घुम्‍टोले आफ्‍नो चेहरा ढाके। 34मोशा परमप्रभुले बास गर्ने पवित्र पालभित्र उहाँसित कुरा गर्नलाई पस्‍दा उनले घुम्‍टो खोल्‍थे। त्‍यहाँबाट बाहिर निस्‍किआएपछि उनले इस्राएलीहरूलाई आफूले आज्ञा पाएअनुसार सबै कुरा सुनाउँथे 35अनि तिनीहरूले उनको मुहार चम्‍किरहेको देख्‍दथे। त्‍यसपछि अर्कोपल्‍ट परमप्रभुसित कुरा गर्नलाई पवित्र पालभित्र नपसुञ्‍जेल उनले घुम्‍टो लगाइराख्‍थे।

Mee ka ọ bụrụ isi

Kesaa

Mapịa

None

Ịchọrọ ka echekwaara gị ihe ndị gasị ị mere ka ha pụta ìhè ná ngwaọrụ gị niile? Debanye aha gị ma ọ bụ mee mbanye