Akara Njirimara YouVersion
Akara Eji Eme Ọchịchọ

प्रस्‍थान 19

19
इस्राएलीहरू सीनै पर्वतमा पुग्छन्
1-2इस्राएलीहरू रपीदीमबाट हिँडे र मिश्रदेश छोडेको तेस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा आइपुगे। त्‍यहाँ सीनै पर्वतको फेदीमा तिनीहरूले डेरा हाले। 3मोशा परमेश्‍वरसित भेट गर्न पर्वतमाथि चढे।
परमप्रभुले मोशालाई पर्वतबाट बोलाउनुभयो र याकूबका सन्‍तान इस्राएलीहरूलाई यसो भन्‍न लाउनुभयो, 4“म परमप्रभुले मिश्रीहरूलाई के गरें, कसरी मैले तिमीहरूलाई गरुडले आफ्‍ना चल्‍ला पखेटामा बोकेझैँ उचालेर बोकें र यहाँ मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ। 5#१ पत्रुस 2:9#व्यवस्था 4:20; 7:6; 14:2; 26:18; तीतस 2:14अब तिमीहरूले मेरो आज्ञा मान्‍यौ र मेरो करार पालन गर्‍यौ भने तिमीहरू मेरो निज प्रजा हुनेछौ। सारा पृथ्‍वी मेरो हो; तर तिमीहरू मेरा चुनिएका जाति हुनेछौ, 6#प्रकाश 1:6; 5:10मेरो निम्‍ति मात्र अर्पण भएका जाति हुनेछौ र पूजाहारी बनेर मेरो सेवा गर्नेछौ।” 7मोशा पर्वतबाट तल ओर्लेर आए र इस्राएलीहरूका अगुवाहरूलाई भेला गरेर परमप्रभुले आफूलाई आज्ञा गर्नुभएका सबै कुरा तिनीहरूलाई सुनाए। 8तब सबै मानिसहरूले एकसाथ मिलेर भने, “परमप्रभुले आज्ञा गर्नुभएको हरेक कुरा हामी गर्नेछौं।” यो कुरा मोशाले परमप्रभुलाई सुनाए।
9परमप्रभुले मोशालाई भन्‍नुभयो, “म बाक्‍लो बादलभित्र भएर तँकहाँ आउनेछु र मानिसहरूले म तँसित बोलेको सुन्‍नेछन् र अबदेखि उसो तँलाई विश्‍वास गर्नेछन्।”
मानिसहरूले के उत्तर दिएका थिए, त्‍यो मोशाले परमप्रभुलाई सुनाए र 10उहाँले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर भन् कि मलाई पुज्‍नको निम्‍ति आज र भोलि तिनीहरूले आफैंलाई चोख्‍याउने काम गरून्। आफ्‍ना लुगाफाटा धोएर 11पर्सि तिनीहरू तयार हुनुपर्नेछ। त्‍यस दिन म सीनै पर्वतमा उत्रनेछु। सबैले त्‍यहाँ मलाई देख्‍न सक्‍नेछन्। 12#हिब्रू 12:18-20पर्वतको चारैपट्टि मानिसहरूले ननागून्‌ भनी एउटा सिमाना लाइदिनू। मानिसहरूलाई पर्वतमाथि नचढ्‍नू, त्‍यसको छेउमा पनि नजानू भनी आदेश दिनू। कसैले पर्वतमाथि पाइलो टेक्‍यो भने त्‍यो मारिनेछ, 13त्‍यसलाई कसैले नछोई ढुङ्गाले वा काँडले हान्‍नू। यो कुरा मानिस वा पशु दुवैमाथि लागू हुनेछ अनि पर्वतमा पाइलो टेक्‍ने सबै निश्‍चय मारिनेछन्। तर जब तुरही बज्‍नेछ, तब मानिसहरू पर्वतसम्‍म आऊन्‌।”
14तब मोशा पर्वतबाट तल ओर्ले र परमेश्‍वरलाई पुज्‍न मानिसहरूलाई तयार हुन आदेश दिए। तिनीहरूले आफ्‍नो लुगाफाटा धोए। 15त्‍यसपछि मोशाले तिनीहरूलाई भने, “पर्सिसम्‍म तयार हुनू र यस बीचमा स्‍त्रीहरूलाई नछुनू।”
16 # प्रकाश 4:5 # व्यवस्था 4:11,12 तेस्रो दिन बिहान बिजुली चम्‍क्‍यो र आकाश गर्ज्‍यो, बाक्‍लो बादल पहाडमाथि छायो र तुरहीको चर्को स्‍वर सुनियो। डेराका सबै मानिसहरू डरले काँपे। 17मोशाले तिनीहरूलाई परमेश्‍वरसित भेट्‍न डेराबाट बाहिर लगे र तिनीहरू पर्वतको फेदमा उभिए। 18सारा सीनै पर्वत धुवाँले ढाकिएको थियो किनभने परमप्रभु आगोमा त्‍यसमाथि उत्रनुभएको थियो। धुवाँ भट्टीको धुवाँझैँ निस्‍किरहेको थियो। अनि सबै मानिसहरू थरथर काँप्‍न लागेका थिए। 19तुरहीको स्‍वर अझ चर्को हुन लाग्‍यो। मोशा बोले र परमेश्‍वरले तिनलाई मेघको गर्जनमा उत्तर दिनुभयो। 20परमप्रभु सीनै पर्वतको टुप्‍पोमा आउनुभयो र मोशालाई त्‍यहाँ बोलाउनुभयो। मोशा पर्वतमा चढे 21र परमप्रभुले उनलाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई भन् कि तिनीहरू सिमाना नाघेर नआऊन् र मलाई नहेरून्। त्‍यसो गरे, तिनीहरू धेरैजना मर्नेछन्। 22मेरो छेउमा आउने पूजाहारीहरूले पनि आफैंलाई चोख्‍याउनुपर्छ नत्र म तिनीहरूलाई दण्‍ड दिनेछु।”
23मोशाले परमप्रभुलाई भने, “मानिसहरू उँभो आउन सक्‍नेछैनन् किनभने तपाईंले यस पर्वतलाई पवित्र ठान्‍नू अनि यसलाई सिमानाले घेर्नू भनी हामीलाई आज्ञा गर्नुभएको थियो।”
24परमप्रभुले उत्तर दिनुभयो, “तल जा र हारूनलाई लिएर आइज। तर पूजाहारी र मानिसहरू भने सिमाना नाघेर मकहाँ नआऊन्, नत्र म तिनीहरूलाई दण्‍ड दिनेछु।” 25तब मोशा तल मानिसहरूकहाँ गए र परमप्रभुले भनेका कुरा तिनीहरूलाई सुनाए।

Mee ka ọ bụrụ isi

Kesaa

Mapịa

None

Ịchọrọ ka echekwaara gị ihe ndị gasị ị mere ka ha pụta ìhè ná ngwaọrụ gị niile? Debanye aha gị ma ọ bụ mee mbanye