1
उत्पत्ति 22:14
सरल नेपाली पवित्र बाइबल
सरल नेपाली
अब्राहामले त्यस ठाउँको नाम ‘परमप्रभुले जुटाउनुहुन्छ’ राखे र आजसम्म मानिसहरू यसो भन्छन्, “परमप्रभुका डाँडामा उहाँले जुटाइदिनुहुन्छ।”
Lee anya n'etiti ihe abụọ
Nyochaa उत्पत्ति 22:14
2
उत्पत्ति 22:2
परमेश्वरले भन्नुभयो, “तेरो एकमात्र छोरो इसहाक, जसलाई तँ औधी प्रेम गर्छस्, त्यसलाई लिएर मोरीयाह देशमा जा। त्यहाँ म तँलाई एउटा डाँडा देखाउनेछु र त्यस डाँडामा तैँले त्यसलाई मेरो लागि होमबलि गर्।”
Nyochaa उत्पत्ति 22:2
3
उत्पत्ति 22:12
दूतले भने, “केटोलाई हात नलगा, त्यसलाई केही नगर्। मैले अब जानें कि तैँले परमेश्वरको डर मान्दोरहेछस् किनभने तैँले आफ्नो एउटै छोरालाई पनि उहाँदेखि अलग गरी बचाइराख्न चाहिनस्।”
Nyochaa उत्पत्ति 22:12
4
उत्पत्ति 22:8
अब्राहामले उत्तर दिए, “परमेश्वर आफैंले थुमा जुटाइदिनुहुनेछ।” अनि ती दुई सँगसँगै अघि बढे।
Nyochaa उत्पत्ति 22:8
5
उत्पत्ति 22:17-18
यसर्थ म यो प्रतिज्ञा गर्दछु कि आकाशमा भएका ताराहरू वा समुद्रका किनारमा भएका बालुवासरह गरी म तँलाई सन्तान दिनेछु। तेरा सन्तानले आफ्ना बैरीहरूलाई जित्नेछन्। सबै जातिका मानिसहरूले तिनीहरूलाई, तेरा सन्तानलाई जस्तो गरी आशिष् दिन मलाई बिन्ती गर्नेछन्। सबैले त्यसो गर्नेछन् किनभने तैँले मेरो आज्ञा मानिस्।”
Nyochaa उत्पत्ति 22:17-18
6
उत्पत्ति 22:1
केही समयपछि परमेश्वरले अब्राहामलाई जाँच्नुभयो र “हे अब्राहाम” भनी बोलाउनुभयो। अब्राहामले उत्तरमा भने, “हजुर, म यहाँ छु।”
Nyochaa उत्पत्ति 22:1
7
उत्पत्ति 22:11
तर परमप्रभुका दूतले स्वर्गबाट उनलाई हपारे, “अब्राहाम, ए अब्राहाम!” उनले जवाफ दिए, “हजुर, म यहाँ छु।”
Nyochaa उत्पत्ति 22:11
8
उत्पत्ति 22:15-16
परमप्रभुका दूतले दोस्रोचोटि स्वर्गबाट अब्राहामलाई बोलाएर भने, “म आफ्नै नाममा शपथ खाँदछु। परमप्रभु भन्दै हुनुहुन्छ, म तँलाई धेरै आशिष् दिनेछु। तैँले यो काम गरिस् कि तेरो एउटै छोरालाई पनि मबाट रोकी आफैंसँग राख्न खोजिनस्
Nyochaa उत्पत्ति 22:15-16
9
उत्पत्ति 22:9
परमेश्वरले भन्नुभएको ठाउँमा पुगेपछि अब्राहामले एउटा वेदी बनाए र त्यसमाथि दाउराहरू मिलाएर राखे। उनले आफ्नो छोरा इसहाकलाई बाँधेर वेदीमा दाउरामाथि राखे।
Nyochaa उत्पत्ति 22:9
Ebe Mmepe Nke Mbụ Nke Ngwá
Akwụkwọ Nsọ
Atụmatụ Ihe Ogụgụ Gasị
Vidiyo Gasị