Akara Njirimara YouVersion
Akara Eji Eme Ọchịchọ

Amaokwu Akwụkwọ Nsọ Ndị Ama Ama siteré na एफिसी 1

म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरूको हृदयका आँखा उज्‍यालो होस्, र कुन आशाको निम्‍ति उहाँले तिमीहरूलाई बोलाउनुभएको छ, र सन्‍तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्‍पत्ति के हो, सो तिमीहरूले जान्‍न सक। अनि हामी विश्‍वास गर्नेहरूका निम्‍ति उहाँको शक्तिको असीम महानता के हो, सो तिमीहरू जान्‍न सक। त्‍यो शक्ति उहाँको महान्‌ सामर्थ्‍यको काम नै हो, जो उहाँले ख्रीष्‍टमा पूरा गर्नुभयो, जब उहाँले ख्रीष्‍टलाई मरेकाहरूबाट जीवित पार्नुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा आफ्‍नै दाहिने बाहुलीपट्टि बसाल्‍नुभयो। सबै शासन, र अधिकार, र शक्ति र राज्‍यमाथि, र यस युगका मात्र होइन, तर आउने युगका पनि जति नाउँ छन्, ती सबैमाथि उहाँलाई राख्‍नुभयो

Atụmatụ Ihe Ọgụgụ Gasị Dị N’efu na Ihe Ofufe Gasị metụtara एफिसी 1