1
मर्कूस 13:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
तिमीहरूलाई सबै मानिसहरूले मेरा निम्ति घृणा गर्नेछन्; तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।
Compare
मर्कूस 13:13 ખોજ કરો
2
मर्कूस 13:33
होसियार बस! सचेत बस! त्यो समय कहिले आउनेछ, त्यो तिमीहरू जान्दैनौ।
मर्कूस 13:33 ખોજ કરો
3
मर्कूस 13:11
जब तिमीहरू पक्रिएर मुद्दामा पर्नेछौ, तब के बोल्नुपर्छ भनी पहिल्यैबाट चिन्ता नलेओ। तिमीहरूलाई त्यसै बेला जे दिइनेछ, त्यही भन; किनकि त्यस समयमा बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा बोलिरहनुभएको हुनेछ।
मर्कूस 13:11 ખોજ કરો
4
मर्कूस 13:31
आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्।
मर्कूस 13:31 ખોજ કરો
5
मर्कूस 13:32
“त्यस दिन र त्यस समयको विषयमा कसैले जान्दैन, न स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र जान्नुहुन्छ।
मर्कूस 13:32 ખોજ કરો
6
मर्कूस 13:7
जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ।
मर्कूस 13:7 ખોજ કરો
7
मर्कूस 13:35-37
“यसकारण जागा रहो; किनकि घरका मालिक साँझमा वा मध्यरातमा वा भाले बास्दा वा बिहानै अथवा कुन समयमा आउलान्, त्यो तिमीहरू जान्दैनौ। नत्र तिनी अचानक आइपुग्दा तिनले तिमीहरूलाई सुतिरहेका भेट्टाउलान्। म तिमीहरूलाई जे भन्दछु, त्यो हरेकलाई भन्दछु: ‘जागा रहो!’ ”
मर्कूस 13:35-37 ખોજ કરો
8
मर्कूस 13:8
जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा भुइँचालाहरू जानेछन्; अनि अनिकालहरू हुनेछन्। यी त प्रसववेदनाका सुरुवात मात्र हुन्।
मर्कूस 13:8 ખોજ કરો
9
मर्कूस 13:10
अनि अन्त्य आउनुभन्दा पहिला सबै राष्ट्रहरूमा सुसमाचार प्रचार गरिनुपर्छ।
मर्कूस 13:10 ખોજ કરો
10
मर्कूस 13:6
धेरै जना मेरो नाममा ‘म उही हुँ,’ भन्ने दाबी गर्दै आउनेछन्, र धेरैलाई धोका दिनेछन्।
मर्कूस 13:6 ખોજ કરો
11
मर्कूस 13:9
“तिमीहरू आफ्नो विषयमा होसियार रहो। तिमीहरूलाई स्थानीय सभाहरूमा सुम्पिनेछ, र सभाघरहरूमा लगेर कोर्रा लगाइनेछ। मेरो कारणले गर्दा तिमीहरूलाई साक्षीको रूपमा राज्यपालहरू र राजाहरूको सामु उभाइनेछ।
मर्कूस 13:9 ખોજ કરો
12
मर्कूस 13:22
किनकि झूटा ख्रीष्टहरू र झूटा अगमवक्ताहरू देखा पर्नेछन्; अनि सम्भव भएसम्म चुनिएकाहरूलाई पनि बहकाउनलाई अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू देखाउनेछन्।
मर्कूस 13:22 ખોજ કરો
13
मर्कूस 13:24-25
“तर ती दिनहरूमा, विपत्तिपछि तुरुन्तै, “ ‘सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो ज्योति दिनेछैन; आकाशबाट ताराहरू खस्नेछन्, अनि आकाशका शक्तिहरू डगमगाउनेछन्।’
मर्कूस 13:24-25 ખોજ કરો
હોમ
બાઇબલ
યોજનાઓ
વિડિઓઝ