Logo de la Biblia App
Ícono Búsqueda

मत्तीको सुसमाचार 28:12-15

मत्तीको सुसमाचार 28:12-15 NERV

तब मुख्य पूजाहारीहरू अनि यहूदी अगुवाहरू भेला भएर सर-सल्लाह गरे। तिनीहरूले सैनिकहरूलाई घुस दिने योजना मिलाए। तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए। कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।” तब तिनीहरूले सो पैसा लिए अनि पूजाहारीहरूले भने बमोजिम काम गरे। तिनीहरूको उखान यहूदीहरू माझ फैलियो अनि तिनीहरू माझ अहिले सम्म पनि त्यो कुरा प्रचलित छ।

Planes y devocionales gratis relacionados con मत्तीको सुसमाचार 28:12-15