Logo de YouVersion
Icono de búsqueda

गलाती पुस्‍तक परिचय

पुस्‍तक परिचय
येशूको विषयमा सुसमाचार प्रचारिन थालेपछि यस्‍तो खबर गैरयहूदी मानिसहरूले पत्‍याए। त्‍यसपछि सच्‍चा ख्रीष्‍टियान बन्‍न मोशाको व्यवस्था मान्‍ने खाँचो छ कि छैन भन्‍ने प्रश्‍न उठ्यो। पावलले त्‍यो मान्‍नुपर्दैन भनेर तर्क गरेका थिए किनभने ख्रीष्‍टमा पाइने जीवनको बलियो जग त विश्‍वास हो। विश्‍वासद्वारा नै सबै मानिसहरू परमेश्‍वरका सामु ठीक ठहराइन्‍छन्। तर एशिया माइनरमा भएको गलाती भनिने रोमी प्रान्‍तका मण्‍डलीहरूमा केही मानिसहरू आएका थिए। तिनीहरूले पावलको कुरालाई खण्‍डन गर्दै मोशाको व्यवस्था नमानी त कोही पनि परमेश्‍वरको सामु ठीक ठहरिंदैन भनेर दाबी गरे।
पावलले यो पत्र झूटो प्रचारले बहकिएका गलातीहरूलाई साँचो विश्‍वासमा फर्काउन लेखेका थिए। उनले यो पत्रमा ख्रीष्‍टको प्रेरित हुँ भनी आफ्‍नो प्रेरितीय अधिकारलाई स्‍पष्‍ट पारेका छन् अनि उनलाई प्रेरित हुन परमेश्‍वरबाट बोलावट भएको हो, कुनै संसारका अधिकारीबाट भएको होइन र उनको प्रचारचाहिँ खासगरी गैरयहूदीहरूका लागि थियो भनेर उनले जोड दिन्‍छन्। तब उनले विश्‍वासद्वारा मात्रै मानिसहरू परमेश्‍वरको सामु ठीक ठहराइन्‍छन् भन्‍ने तर्कलाई बढाउँछन्। पछिल्‍ला अध्‍यायहरूमा पावलले ख्रीष्‍टियान चालचलनचाहिँ ख्रीष्‍टमा भएको विश्‍वासबाट उब्‍जेको प्रेमबाट आफैं बगेर निस्‍कन्‍छ भन्‍ने देखाउँछन्।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-१०
पावलको प्रेरितीय अधिकार १:११—२:२१
परमेश्‍वरको दयाको सुसमाचार ३:१—४:३१
ख्रीष्‍टियान छुटकारा र जिम्‍मेवारी ५:१—६:१०
समाप्‍ति ६:११-१८

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión