यशैया 52
52
परमेश्वरले यरूशलेमको उद्धार गर्नुहुनेछ
1 #
प्रकाश 21:2,27 हे यरूशलेम, तँ बलियो बन् र फेरि महान् हो!
हे परमेश्वरको पवित्र सहर, गौरवको पोशाक लगा।
खतना नभएका र बिटुलिएकाहरू कहिल्यै तेरा मूल-ढोकाभित्र पस्नेछैनन्।
2हे यरूशलेम, उठेर धुलो टक्टक्या र आफ्नो सिंहासनमा बस्!
ए सियोनका कैदी, तेरा बन्धनका साङ्लाहरू चुँडाल्!
3सार्वभौम परमप्रभु आफ्ना प्रजालाई भन्नुहुन्छ, “जसरी तिमीहरू कमारा-कमारी हुन सित्तैंमा बेचियौ, त्यसरी नै रूपियाँबिना तिमीहरू छुटाइनेछौ। 4पहिले तिमीहरू विदेशी भई मिश्रमा बास गर्न गयौ, पछि अश्शूरीहरूले तिमीहरूलाई सताए 5#रोमी 2:24अनि अहिले बेबिलोनियामा त्यही कुरा भएको छ। तिमीहरू कैदी भएका छौ र कसैले दाम तिरेका छैन। तिमीहरूमाथि शासन गर्नेहरूले घमण्ड गर्छन् र मेरो नाउँको निन्दा गर्छन्। 6आउँदो दिनमा म परमेश्वर हुँ अनि तिमीहरूसित बोलेको छु भनी तिमीहरूले स्वीकार गर्नेछौ।”
7 #
नहूम 1:15; रोमी 10:15; एफिसी 6:15 शुभ खबर लिएर, शान्तिको खबर लिएर,
पर्वतहरू पार गरेर आउँदैगरेका सन्देशवाहक
देख्न पाउनु कति आनन्दको कुरा हो!
त्यसले मुक्तिको घोषणा गर्दछ र सियोनलाई भन्दछ,
“तेरा परमेश्वर राजा हुनुहुन्छ!”
8सहरमा पहरादारी गर्नेहरू चिच्च्याइरहेका छन्,
रमाहटसाथ एक भई कराइरहेका छन्!
तिनीहरूले आफ्ना आँखाले सियोनका परमप्रभु फर्किआएको देख्नेछन्!
9हे यरूशलेमको ध्वस्त भएको जमिन,
आनन्दले सोर उचाल्!
परमप्रभुले आफ्नो सहरलाई छुटकारा दिनुहुनेछ
र आफ्ना प्रजालाई सान्त्वना दिनुहुनेछ।
10परमप्रभुले आफ्नो पवित्र शक्ति प्रयोग गर्नुहुनेछ,
उहाँले आफ्ना प्रजालाई बचाउनुहुनेछ
र त्यो सारा संसारले देख्नेछ।
11 #
२ कोरिन्थी 6:17
मन्दिरका सर-सामान बोक्नेहरू हो,
तिमीहरू बेबिलोनबाट पक्कै बिदा होओ!
मनाइ गरिएका थोक नछोओ,
आफैंलाई पवित्र राख र बिदा होओ।
12यसपालि तिमीहरू हतार-हतार बिदा हुनुपर्नेछैन,
तिमीहरूले भाग्ने कोसिस गर्नुपर्नेछैन।
परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूको अगुवाइ गर्नुहुनेछ
र तिमीहरूलाई चारैतिरबाट रक्षा गर्नुहुनेछ।
दु:ख-कष्ट भोग्ने सेवक
13परमप्रभु भन्नुहुन्छ, “मेरो सेवक, आफ्नो काममा सफल हुनेछ, त्यो उच्च पारिनेछ, त्यसको ठूलो आदर हुनेछ। 14धेरै मानिसहरू त्यसलाई देख्दा विचलित भएका थिए, त्यो यस्तो बेरूप भएको थियो कि मानिसजस्तो देखिंदैनथ्यो।
15 #
रोमी 15:21
तर अब धेरै जातिहरू त्यसलाई देखेर छक्कपर्नेछन्, राजाहरू आश्चर्य मानी बोल्न सक्नेछैनन्। तिनीहरूले हेर्नेछन् र हामीले कहिल्यै नजानेको कुरा भएछ भनी बुझ्नेछन्।”
Currently Selected:
यशैया 52: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.