यशैया 48
48
परमप्रभु भविष्यका परमेश्वर
1हे इस्राएलका मानिसहरू हो, यो सुन।
तिमी, यहूदाका सन्तानले यो सुन। तिमीहरूका परमप्रभुको नाममा किरिया खान्छौ,
र इस्राएलका परमेश्वरलाई पुज्छौ भनी भन्छौ,
तर तिमीहरूले साँचो र ठीकसँग यी गर्दैनौ।
2तापनि “हामी पवित्र सहरका बासिन्दा हौं
र सर्वशक्तिमान् परमप्रभु नाम भएका इस्राएलका परमेश्वरमाथि हामी भर पर्दछौं” भन्दै तिमीहरू घमण्ड गर्छौ।
3परमप्रभुले इस्राएललाई भन्नुहुन्छ,
“के-के हुनेछन् भनी मैले अघिबाट नै भनेको थिएँ
र अचानक ती सबै पूरा गरें।
4म भन्दछु कि तिमीहरू ढिट हुनेछौ,
फलामझैँ कडा र काँसाझैँ नदोब्रिने हुनेछौ।
5यसैले कुन घटना कहिले हुनेछ भनी
ती घटना हुनुअघि नै बताइदिएर
मैले तिमीहरूको भविष्यबाट धेरै दिनअघि भनिदिएको थिएँ।
हाम्रा देवता र मूर्तिहरूले ती गराएका हुन् भनी
तिमीहरूले दाबी गर्न नसक भनेर मैले त्यसो गरेको हुँ।
6“मैले पहिलेबाटै भनेका कुराहरू अहिले भइसके,
मेरा अगमवाणीहरू ठीक थिए भनी तिमीहरूले स्वीकार गर्नैपर्छ।
अब म तिमीहरूलाई हुन आउने नयाँ कुराहरूबारे भन्नेछु।
मैले तिमीहरूलाई यी कुराहरूबारे पहिले केही बताएको थिइनँ।
7पहिले कहिल्यै नघटेका घटनाहरू अब मात्र मैले तिमीहरूलाई देखाउन लागेको छु।
नत्रता, हामीले यी सबै जानेकै थियौं भनी तिमीहरूले दाबी गर्नेथियौ।
8म जान्दथें कि तिमीहरूमा भरोसा गर्न सकिंदैनँ
र तिमीहरू विद्रोही हौ भन्ने कुरा थाहा भएकै हो।
त्यसैकारण यीबारे तिमीहरूले केही सुनेनौ,
एउटा शब्द पनि तिम्रा कानमा पुगेनन्।
9“मानिसहरूले मेरो प्रशंसा गरून् भनी मैले आफ्नो रिस थामेको छु।
म रिस थाम्नेछु र तिमीहरूलाई नाश पार्नेछैनँ।
10आगोको भट्टीमा चाँदी खारेझैँ
मैले दु:ख-कष्टको आगोमा तिमीहरूको पारख गरेको छु।
तर मैले तिमीहरूलाई निकम्मा भेटाएँ।
11म जे गर्दछु, आफ्नै खातिर गर्दछु,
म मेरा नामको अपमान हुन दिन्नँ
र मेरा गौरव कसैसित बाँड्नेछैनँ।”
इस्राएलको निम्ति परमप्रभुको योजना
12 #
यशैया 44:6; प्रकाश 1:17; 22:13 परमप्रभु भन्नुहुन्छ,
“हे इस्राएल, मैले बोलाएको प्रजा, मेरा कुरा सुन!
म पहिलो, अन्तिम र एक मात्र परमेश्वर हुँ!
13मेरा हातले पृथ्वीका जग बसालें र आकाश फैलाएँ।
जब म पृथ्वी र आकाशलाई बोलाउँदछु,
तिनीहरू झट्टै आएर हाजिर हुन्छन्।
14“तिमीहरू सबै भेला होओ र सुन!
मैले चुनेका मानिसले बेबिलोनमाथि आक्रमण गर्छ भनी कसैले अघिबाट भन्न सकेन,
म जे चाहन्छु, त्यो त्यसले गर्नेछ।
15त्योसित कुरा गर्ने र त्यसलाई बोलाउने म नै हुँ,
मैले त्यसलाई डोर्याएर ल्याएँ र सफलता दिएँ।
16“अब मेरो नजिक आओ र मेरा कुरामा कान थाप।
सुरुदेखि नै मैले कुरा खोलेर गरेको छु र मेरा कुरा सदा पूरा गराएको छु।”
(अब सार्वभौम परमप्रभुले आफ्नो आत्मा मलाई दिएर पठाउनुभएको छ।)
17इस्राएलका पवित्र परमेश्वर तिमीहरूलाई बचाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ,
“म तिमीहरूकै भलाइको निम्ति शिक्षा दिने
र तिमीहरू हिँड्नुपर्ने मार्गमा जान आदेश दिने
परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
18“यदि तिमीहरूले मेरा आज्ञाहरू मानेका मात्र भए त कहिल्यै नसुक्ने नदीझैँ तिमीहरूको निम्ति सुख-शान्तिको नदी बग्नेथियो!
समुद्रका किनारमा पानीका छाल उठेझैँ, उद्धार तिमीहरूकहाँ आउनेथियो।
19तिमीहरूका सन्तानहरू बालुवाका कणझैँ असङ्ख्य हुनेथिए
र मैले तिनीहरू कहिल्यै नाश नहोऊन् भनी निश्चय गर्नेथिएँ।”
20 #
प्रकाश 18:4
बेबिलोनबाट निस्किआओ, स्वतन्त्र भएर जाओ!
आनन्दसाथ कराएर खबर देओ,
यो सबैलाई सुनाओ:
“परमप्रभुले आफ्नो सेवक इस्राएललाई बचाउनुभएको छ!”
21जब परमप्रभुले आफ्ना प्रजालाई तातो र सुख्खा मरुभूमिबाट पार गराउनुभयो, तब तिनीहरूलाई तिर्खाको पीर पर्दैन।
उहाँले तिनीहरूको निम्ति चट्टानबाट पानी निकालिदिनुभयो।
उहाँले चट्टान फुटाउनुभयो र त्यहाँबाट पानी बगी निस्क्यो।
22 #
यशैया 57:21
“पापीहरूलाई सुख-शान्ति छैन,” परमप्रभु भन्नुहुन्छ।
Currently Selected:
यशैया 48: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

: