यशैया 46:10-11
यशैया 46:10-11 सरल नेपाली
सुरुदेखि नै अन्तिम नतिजा के हुने हो, मैले अघिबाटै भनिसकेको छु, मैले भनेको थिएँ कि मेरा युक्तिहरू सफल हुनेछन् र आफ्नो इच्छाअनुसार म सबै कुरा गर्नेछु। मैले एउटा मानिसलाई पूर्वबाट बोलाएको छु, बाजझैँ झम्टेर आउनेछ र मेरो युक्ति पूरा गरिदिँदछ। म बोलेको छु र यो हुन्छ नै।





